विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलमा आजदेखि वार्षिक स्पोर्ट्स मीट सुरु भएको छ । सप्ताहाब्यापी कार्यक्रमको आज पहिलो दिन नर्सरी देखि कक्षा तीन सम्मका विभिन्न स्पर्धाहरु हुँदैछन् ।
विद्यालयकी अतिरिक्त कृयाकलाप इन्चार्ज सुधा डंगोलका अनुसार कक्षा नर्सरीका लागि ‘ब्यालेन्स रेस’, ‘स्वीट रेस’ र ‘म्यूजिकल चेयर’ का स्पर्धा हुनेछन् ।
यस्तै एलकेजीका विद्यार्थीहरुको ‘स्वीटर रेस’ र ‘वेट पौरिङ’ का स्पर्धा हुन्छन् । भने यू केजीका विद्यार्थीहरुको बेलुन फुटाउने, ‘रेडि टु स्कुल’ ‘म्यूजिकल चेयर’ र ५० मिटर दौडका स्पर्धा हुनेछन् ।
कक्षा एक का विद्यार्थीहरुको बोतल भर्ने स्पर्धा, ‘म्यूजिकल चेयर’, ‘म्याथ रेस’, सियोमा धागो छिराउने स्पर्धा र ५० मिटर दौड हुने छ ।

यस्तै कक्षा दुई र तीनका विद्यार्थीहरुको ५० मिटर र १०० मिटर दौड तथा ‘म्याथ रेस’ र ‘मार्वल एण्ड स्पून रेस’ का स्पर्धा हुने डंगोलले बताउनुभयो ।
स्पोर्टस् मीट अन्तर्गत कक्षा ४ र ५ का विद्यार्थीहरुको १०० मिटर, २०० मिटर दौड, ‘म्याथ रेस’ ‘मार्वल एण्ड स्पून रेस’ हुने विद्यालयले जनाएको छ ।
कक्षा ६ र ७ का विद्यार्थीहरुको लङजम्प, १०० मिटर, २०० मिटरको दौड हुनेछ । यस्तै ६ र ७ का विद्यार्थीहरुको १०० गुणा ४ रिले समेत हुनेछ ।
कक्षा ८ र ९ का विद्यार्थीहरुको लङजम्प, ज्याभ्लिन थ्रो, सटपुट, भलिबल, दौडका विभिन्न स्पर्धा, ट्रिपलजम्प हुनेछन् । प्रतियोगिता अन्तर्गतका कतिपय विधामा छात्र तथा छात्राहरुको छुट्टाछुट्टै स्पर्धाहरु हुने अतिरिक्त कृयाकलाप इन्चार्ज डंगोलले बताउनुभयो ।
उहाँका अनुसार ७ गतेसम्म सञ्चालन हुने स्पोर्टस् मीटका विजेता खेलाडीहरुलाई विद्यालयको वार्षिकोत्सवका अवसरमा पुरस्कार प्रदान गरिने छ ।