विराटनगर,१२ माघ ः प्रथम ‘एलाइट’ कप क्रिकेट प्रतियोगिता विराटनगरमा हुने भएको छ ।
कोशी प्रादेशिक क्रिकेट संघ र नेपाल क्रिकेट फाउन्डेसनको संयुक्त आयोजनामा यही माघ १४ देखि १७ सम्म विराटनगर –६ स्थित मरिलेबन क्रिकेट खेल मैदान उक्त प्रतियोगिता हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगितामा झापा, मोरङ र सुनसरीको टिमको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिता अन्र्तगत माघ १४ गते मोरङ र सुनसरी, १५ गते झापा र मोरङ, १६ गते सुनसरी र झापावीच खेल हुने छ भने माघ १७ गते प्रतियोगिताको फाईनल खेल हुने कोशी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सर्वजित अध्यक्ष पाण्डेले बताउनुभयो ।
उक्त प्रतियोगितामा प्रधानमन्त्री कप क्रिकेटमा कोशी प्रदेशबाट उत्कृष्ट भएका तीन वटा टिमको सहभागिता रहने पाण्डेले जानकारी दिनुभयो ।
आगामी दिनमा क्यानको बार्षिक क्यालेण्डरमा एलाईट कप प्रतियोगितालाई पनि समेट्नका लागि पहल गरिने अध्यक्ष पाण्डेले बताउनुभयो ।
प्रतियोगिताले कोशी प्रदेशमा क्रिकेटको खस्किएको शाखलाई फर्काउनका लागि प्रयास हुनेछ ।
पत्रकार सम्मेलनमा मोरङ अध्यक्ष मो. सादबाबु,सुनसरी क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेलले एलाईट कपको आयोजना हुने गौरवको विषयमा भएको यसरालाई दीर्घकालिनसम्म लैजानुपर्नेमा जोड दिनु भयो ।
यसैवीच क्रिकेट खेलको प्रवद्र्धनका लागि कोशी प्रादेशिक क्रिकेट संघ र नेपाल क्रिकेट फाउन्डेनवीच भएको सम्झौताले भुइँतहको क्रिकेट विकासमा सहयोग पुग्ने फाउन्डेनका निर्देशक अभिषेक श्रेष्ठले बताउनु भयो । –––
