विराटनगर,१४ माघ ः विराटनगरमा प्रथम कोशी एलाइट कप क्रिेकट प्रतियोगिताको आज भएको उद्घाटन खेलमा मोरङ विजयी भएको छ।
कोशी प्रदेश क्रिकट संघ र नेपाल क्रिकेट फाउण्डेशनद्वारा विराटनगर–६स्थित मेरिलेवोन ज्याला क्रिकेट मैदानमा आयोजित खेलमा मोरङले सुनसरीलाई १३३ रनको फराकिलो अन्तर पराजित गरि गरेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको मोरङले निर्धारित ५० ओभर आठ विकेट गुमाई २२० रन बनाएको थियो ।
मोरङका शाकिव हकले ४२ रन, कप्तान दिपेश कँडेलले अविजित ४१ रन, कृतिक कामतले ३७ रन, विशाल ढकालले २३ रन, अटल साहले २६ रन तथा आइस्टाइन रिजाल र फिर्दोस अन्सारीले १०–१० रनको बनाएका थिए
सुनसरीका समिर तिम्सिनाले तीन विकेट लिँदा कविराज खत्रीले दुई विकेट, रिजन पाण्डे र गौरभ कटवालले एक–एक विकेट लिएका थिए ।
सुनसरीले २२१ रनको लक्ष्य पाएकोमा ३४ दशमलव दुई बलमा सवै विकेट गुमाई ८७ रन मात्र बनाउन सकेको थियो ।
सुनसरीका अफन ताहिरले २२ रन, कविराज खत्रीले १४ रन, आकास सर्राफले १३ रन र रितेश राँये १० रन बनाएका थिए ।
मोरङका दिपेश कँडेलले ५ विकेट लिँदा फिर्दोस अन्सारी र प्रेम कामतले २–२ विकेट लिए ।
दिपेशले ७ दशमलव २ बलमा १२ रन मात्र दिए । खेलको प्लेयर अफ म्याच मोरङका अलराउण्डर खेलाडी दिपेश कँडल घोषित भए ।
प्रतियोगितामा प्रधानमन्त्री कप क्रिकेटमा कोशी प्रदेशबाट उत्कृष्ट भएका तीन वटा झापा, मोरङ र सुनसरीको टिमको सहभागिता रहेका छन् ।
विहिवारको खेल झापा र मोरङ बीचप्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। –––