विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत विहिबार भएको हिसान क्रिकेटको सेमिफाइलमा विजयी हुँदै शिक्षादिप कलेज र कान्तिपुर कलेज फाइनलमा प्रवेश गरेका छन् ।
जुट मिल मैदान भएकोे पहिलो खेलमा शिक्षादिप कलेजले अर्किड कलेजलाई २ रनले पराजित गरि फाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङको गरेको शिक्षादिपले निर्धारित २० ओभरको खेलमा १७ दशमलव ४ बलमा सवै विकेट गुमाई १ सय ३ रनकोे योगफल तयार पारेको थियो । शिक्षादिपका सोनुकुमार सिंहले सर्वाधिक अविजित ३५ रनको योगदान दिए । अर्किडका कृष्ण यादवले २ विकेट लिँदा नन्दकिशोर यादव र मैसम ठाकुरले पनि २–२ विकेट लिए ।
जवाफमा १ सय ४ रनको लक्ष्य पाएको अर्किडले १७ दशमलव २ बलमा सवै विकेट गुमाई १ सय १ रन मात्र जोड्न सक्यो । अर्किडका श्रेयस दाहालले सर्वाधिक अविजित २० रनको योगदान दिए । शिक्षादिपका प्लेयर अफ म्याच सोनुकुमार सिंहले ४ ओभरमा १३ रन दिए ५ विकेट लिए ।
दोस्रो खेलमा कान्तिपुर कलेजले अरनिको कलेजलाई १५ रनको फराकिलो अन्तरले पराजित गरि सेमिफाइनलमा प्रवेश गरेको । टस जितेर ब्याटिङको गरेको कान्तिपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ३० रनको योगफल तयार पारेको थियो । कान्तिपुरका सिताराम कामतले सर्वाधिक २६ रनको योगदान दिए । अरनिकोका साजन यादवले २ विकेट लिँदा अविशेक मण्डल र साइस्वर कोइरालाले २–२ विकेट लिए ।
जवाफमा १ सय ३१ रनको लक्ष्य पाएको अरनिकोले पुरै ओभर खेल्दै ७ विकेट गमाई १ सय १५ रन मात्र बनाउँन सक्यो ।
अरनिकोका रोनक राजपुतले सर्वाधिक २१ रनको योगदान दिए । कान्तिपुरका प्लेयर अफ म्याच अरविन्द मण्डलले २ विकेट लिँदा राजन यादवले पनि २ विकेट लिए । फाइनल खेल शुक्रबार हुने छ ।

हिसान फुटबलमा जेभिर्यस, कान्तिपुर,शिक्षा सन्देश र रेडस्टा विजयी
विराटनगर उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत विहिबार भएको हिसान फुटबलमा जेभिर्यस कलेज, कान्तिपुर कलेज, शिक्षा सन्देश कलेज र रेडस्टार कलेज विजयी भएका छन् ।
शहिद मैदानमा भएको छात्रातर्फको पहिलो खेलमा जेभिर्यस कलेजले सेन्ट जेसेफ कलेजलाई पेनाल्टी सुट आउटमा ३–१ को गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा देवै टिम गोलरहित बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट भएको हो । प्लेयर अफ म्याच जेभिर्यसकी गोलकिपर प्रमिसा श्रेष्ठ घोषित भइन् ।
दोस्रो खेलमा कान्तिपुर कलेजले शिक्षादिप कलेजलाई पेनाल्टी सुट आउटमा ४–२ को गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा देवै टिम गोलरहित बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट भएको हो । प्लेयर अफ म्याच कान्तिपुरकी गोलकिपर रविना चौधरी घोषित भइन् ।
छात्रतर्फको पहिलोे खेलमा शिक्षा सन्देश कलेजले मोडर्न एरा कलेजलाई १–० को गोल अन्तरले पराजित गरि सेमिफाइनलमा प्रवेश गरेको छ । शिक्ष सन्देशकोे जितमा इगल मगरले निर्णायक गोल गरे । उनी खेलको प्लेयर अफ द म्याच घोषि भए ।
दोस्रो खेलमा रेडस्टार कलेजले अर्किड कलेजलाई १–० को गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । रेडस्टारको जितमा रिसव मगरले निर्णायक गोल गरे । उनी खेलको प्लेयर अफ द म्याच घोषि भए ।
प्लेयर अफ द म्याच विवेक खवासले १ गोल गरे ।

भलिबलमा रेडस्टार,विकेभिएम, कान्तिपुर र राष्ट्र निमार्ण विजयी
विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत विहिबार भएको हिसान भलिबलमा छात्रतर्फ मोडर्न एरा कलेज, शिक्षादिप कलेज तथा छात्रातर्फ राष्ट्र निमार्ण, बुद्ध र शिक्षा सन्देश कलेज विजयी भएका छन् ।
दिल्ली पब्लििक स्कुलको मैदानमा भएको छात्रतर्फ पहिलो खेलमा राष्ट्र निमार्ण कलेजले मोरङ मोडेल कलेजलाई २५–२१ र २५–२२ को सोझो सेटलले पराजित गरेको छ । खेलको प्लेयर अफ द म्याच मोरङ मोडेलका राजेश मरण्डी घोषित भए ।
दोस्रो खेलमा बुद्ध कलेजले अर्किड कलेजलाई २५–२१ र २५–१८ को सोझो सेटलले पराजित गरेको छ । खेलको प्लेयर अफ द म्याच बुद्धका सन्देशकुमार मगर घोषित भए ।
तेस्रो खेलमा शिक्षा सन्देश कलेजले अरनिको कलेजलाई २५–२०, २१–२५ र २५–२३ को सेटलले पराजित गरेको छ । खेलको प्लेयर अफ द म्याच शिक्ष सन्देशका अविशेक श्रेष्ठ घोषित भए ।
छात्रातर्फ पहिलो खेलमा अरनिको कलेजले मोडर्न एरा कलेजलाई २५–२२, २५–२७ र २५–९ को सेटलले पराजित गरेको छ । खेलको प्लेयर अफ द म्याच अरनिकोकी श्रीया लिम्बु घोषित भइन् ।
दोस्रोे खेलमा शिक्षादिप कलेजले कान्तिपुर कलेजलाई २५–१८ र २५–१४ को सोझो सेटलले पराजित गरेको छ । खेलको प्लेयर अफ द म्याच शिक्षादिपकी रोसा वस्ती घोषित भइन् ।

कवडीमा ग्रिनल्याण्ड,अर्किड,कान्तिपुर र शिक्षादिप विजयी
विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत बुधबार भएको हिसान कवडीमा ग्रिनल्याण्ड,अर्किड, काीनतपुर र शिक्षादिप कलेज विजयी भएका छन् ।
दिल्ली पब्लििक स्कुलको मैदानमा भएको पहिलो खेलमा ग्रिनल्याण्ड कलेजले मोडर्न एरा कलेजलाई ४७–१७ को सेटलले पराजित गरेको छ । खेलको प्लेयर अफ द म्याच ग्रिनल्याण्डका धर्मचन्द्र मेहता घोषित भए ।
दोस्रो खेलमा अर्किड कलेजले विराट कलेजलाई ३७ ३४ को सेटलले पराजित गरेको छ ।
तेस्रो खेलमा कान्तिपुर कलेजले अरनिको कलेजलाई २६–२४ को सेटलले पराजित गरेको छ । खेलको प्लेयर अफ द म्याच कान्तिपुरका कपिल मण्डल घोषित भए ।
चौथो खेलमा शिक्षादिप कलेज र रेडस्टार कलेजविच हुनु पर्ने खेलमा रेडस्टार मैदानमा नआएपछि शिक्षादिप वाकओभरमा विजयी भएको छ ।
हिसान बास्केट बलको उपाधि विकेभिएमलाई

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत विहिबार भएको हिसान बास्केट बलको उपाधि विकेभिएम कलेजले जितेको छ ।
विकेभिएमले कोबास कलेजको कोर्टमा भएको फाइनल खेलमा शिक्षादिप कलेजलाई २८–२५ को स्कोरले पराजित गरि उपाधि जितेको हो । फाइनल खेलको प्लेयर अफ फाइनल विकेभिएमका आरुष दाहाल घोषित भए ।