नेपाल –भारत सीमा सुरक्षा बैठक

Logo
Nav Nepal बिहिबार, फाल्गुण ०७, २०८२

विराटनगर,,७ फागुन ः नेपाल–भारत सीमा जिल्ला समन्वय समितिको आज विराटनगरमा बसेको बैठकले फागुन २१ गते हुने निर्वाचनका समयमा सुरक्षा व्यवस्था प्रभावकारी एवं सुदुढ वनाउने निर्णय गरेको छ।
बैठकले मोरङ, झापा र सुनसरी जिल्ला तथा भारतका किशनगञ्ज, अररिया र सुपौल जिल्लाका उच्च अधिकारीहरूबीच सम्पन्न यस बैठकले आगामी निर्वाचनको सुरक्षाका विषय प्रमुख रहेको जिल्ला प्रशासन कार्यालय मोरङद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएकोछ।
बैठकले आगामी फागुन २१ गते नेपालमा हुने मतदानको समयलाई ध्यानमा राखि मतदान हुनुभन्दा ७२ घण्टा आगाडि सिमा नाका पूर्ण रूपमा बन्द गर्ने सहमति गरेको भएको छ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल र अररियाका जिल्लाका डिष्ट्रिक मजिष्ट्रेट विनोद दुहानको सह–अध्यक्षतामा सम्पन्न उक्त बैठकले निर्वाचनका समयमा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्ने संयुक्त सीमा गस्तीलाई सशक्त बनाउनका साथै सुरक्षा व्यवस्थालाई थप कसिलो पार्ने निर्णय बैठकले गरेको छ।

यसैगरी सीमा क्षेत्रमा हुने अवैध गतिविधिहरू ,तेस्रो देशका नागरिकहरूको अनधिकृत प्रवेश, लागुऔषध तथा मानव बेचबिखन, जाली नोटको कारोबार, हतियार र नगद तस्करी नियन्त्रणका लागि निरन्तर सहकार्य गर्ने प्रेश विज्ञप्तिमा उल्लेख गरिएको छ। –––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077