अर्किड पब्लिक स्कुल – अभिभावक दिवस तथा बार्षिकोत्सव

Logo
Nav Nepal शनिबार, फाल्गुण १६, २०८२

विराटनगर १६ फागुन । विराटनगर १० को अर्किड पब्लिक स्कुलले आज अभिभावक दिवस तथा बार्षिकोत्सव मनाएको छ ।

स्कुलले एमवीवीएस तथा इन्जिनियरिङमा पूर्ण छात्रबृत्ति पाएका दुई विद्यार्थीलाई सम्मानित पनि गरेको छ ।

एमवीवीएसमा पूर्ण छात्रबृत्ति पाएका मञ्जिल दाहाल र इञ्जिनियरिङमा पूर्ण छात्रबृत्ति पाएका अभिनव दत्तलाई सम्मानित गरिएको थियो ।

कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट ठहरिएका विद्यार्थीहरूलाई सम्मानसमेत गरेको थियो ।

कार्यक्रममा स्कुलका प्राचार्य मनिष भट्टराईले विद्यालयले मनाएको बार्षिकोत्सव कार्यक्रम मात्रै नभएर समर्पण, सहकार्य र सफलताको उत्सव भएको बताउनुभयो ।

उहाँले शिक्षण पद्धतीलाई विद्यार्थी केन्द्रीत, प्रयोगात्मक र प्रविधिसँग जोडिएको बनाउने दिशामा निरन्तर प्रयास गरिरहेको बताउनुभयो ।

शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख शालिकराम दाहालले विद्यार्थीलाई सीप संस्कारयुक्त शिक्षा दिनुपर्नेमा जोड दिनुभयो ।

विराटनगर १० का वडाध्यक्ष अर्जुन गिरीले विद्यार्थीलाई किताबी ज्ञानसँगै सीपयुक्त शिक्षालाई पनि प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

विद्यालयका अध्यक्ष अमित ढकालले गुणस्तरीय शिक्षाकै कारण अर्किड स्कुल विद्यार्थी र अभिभावकको रोजाइमा पर्न सफल भएको बताउनुभयो ।

विद्यालयका निर्देशक दिपेश बाँस्तोलाले विद्यार्थीहरूलाई उत्कृष्ट शैक्षिक वातावरण र गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय सदैव कटिबद्ध भएर अगाडि बढिरहेको बताउनुभयो ।

कार्यक्रममा वद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य तथा गायन प्रस्तुत गरेका थिए ।

बार्षिकोत्सव तथा अभिभावक दिवसमा हिसानका केन्द्रीय सचिव राजेश कार्की, बलराम पन्त, प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठ, अर्किड पब्लिक स्कुलका निर्देशकहरु दिपेश बाँस्तोला,राजन दत्त, गजेन्द्र पण्डित, दुर्जेय थापा लगायतको उपस्थिति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077