विराटनगर । विराटनगर–१० मा रहेको अरनिको सेकेण्डरी स्कुलले एसइइ परिक्षामा सामेल हुने विद्यार्थीहरुलाई शुक्रबार विदाई गरेको छ ।
चैत्र १९ गतेदेखि शुरु हुने एसइइ परिक्षामा सामेल ३५ ब्याचका ८४ जना विद्यार्थीलाई कक्षा ९ मा अध्ययनरत विद्यार्थीले विद्ययालयको पाङ्गमा एक समारोहविच विदाई गरेका हुन् ।
विद्ययालयका प्रिन्सिपल राजेश कार्की,निर्देशक भरत दाहाल, स्कलका को–अर्डिनेट सरन गौतम र स्कुलका सिनियर शिक्षक सरवनी भट्टचार्य तथा स्कुलका शिक्षक– शिक्षिका विद्यार्थीहरुलाई माला तथा अविरका साथ मायाको चिनो प्रदान गरेर लगाई विदाई गरेका थिए ।
सोहि अवसरमा विद्ययालयका विद्यार्थीहरुले विभिन्न मनोरञ्जन तथा नृत्य प्रस्तुत गरेको थिए ।—