विराटनगरमा तीन दिने एक दिवसीय क्रिकेट प्रतियोगिता हुने

Logo
Nav Nepal मंगलबार, चैत्र ०३, २०८२

 

विराटनगर, ३ चैत ः कोशी प्रदेशमा क्रिकेट खेलप्रति युवाहरुको आकर्षण वृद्धि गर्न विराटनगरमा एक दिवसीय (५० ओभर)को क्रिकेट प्रतियोगिता हुने भएको छ ।
कोशी प्रदेश क्रिकेट एशोसिएशन र नेपाल क्रिकेट फाउण्डेशनद्वारा यही चैत ५,६ र ७ गते विराटनगर–६ स्थित मेरिलेवन ज्वाला क्रिकेट रङ्गशालामा अनिल¬ –¬¬मिन क्रिकेट ट्रफि प्रतियोगिता हुने भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
प्रतियोगितामा सुनसरी र मोरङका क्रिकेटका खेलाडीहरुको सहभागिता हुने एशोसिएशनका अध्यक्ष सर्वजित राज पाण्डेले जानकारी दिनु भयो ।
नेपाली खेलाडीले ५० ओभरको खेलमा रन बनाउन नसक्ने कमजोरीलाई सुधार गर्न प्रतियोगिताको आयोजना गरिएको फाउण्डेशनका अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
खेलाडीहरुलाई आफ्नो व्याटिङ्ग प्रति आत्मविश्वास जगाउन प्रतियोगिताको मुख्य उद्देश्य रहेको मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष मोहम्मद साद बाबुले बताउनुभयो ।
प्रतियोगिताका विजयी खेलाडीलाई ट्रफि र विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई नगद पुरस्कार रहेको फाण्डेशनका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
अनिल श्रेष्ठ र मिन दाहाल मोरङ र सुनसरी क्षेत्रका अन्तर्राष्ट्रिय स्तरका क्रिकेट खेलाडी हुनुहुन्थ्यो ।
प्रतियोगिता यी दुवै खेलाडीहरुको उपस्थिति रहने छ ।–––––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077