प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता– कोशी प्रदेश १८ सदस्यीय टोली घोषणा

Logo
Nav Nepal बुधबार, चैत्र ०४, २०८२

विराटनगर, ४ चैत ः प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि कोशी प्रदेशको क्रिकेट खेलाडीको छनौट गरी टोलीको आज यहाँ घोषणा गरिएको छ।
उक्त प्रतियोगिताका लागि सुजन थपलियाको कप्तानीमा टोलीको घोषणा गरिएको कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजीत राज पाण्डेले जानकारी दिनुभयो ।
विराटनगर–६ स्थित मेरिलेवन ज्वाला क्रिकेट रङ्गशालामा हिजो सम्पन्न खेलमा खेलाडी छनौट गर्ने कार्य भएको थियो ।
खेलाडी छनौट प्रतियोगितामा इलाम,झापा, मोरङ,सुनसरी र उदयपुरका खेलाडीहरुको सहभागिता थियो ।
उक्त प्रतियोगिताका लागि १५ खेलाडी, प्रशिक्षक, टोली ब्यवस्थापक र फिजियोसहित १८ सदस्यीय टोलीको घोषणा गरिएको छ।
प्रतियोगितामा कप्तानमा थपलिया सहित झापाबाट छ, मोरङबाट चार, उदयपुरबाट तीन, सुनसरी र इलामबाट एक÷एक जना खेलाडी छनौट भएको अध्यक्ष पाण्डेले बताउनुभयो ।
प्रतियोगिताका लागि प्रशिक्षकमा राजकुमार प्रधान, ब्यवस्थापकमा शशिशेखर झा र फिजियोमा विपिन भट्टराई रहनु भएको छ।
टोलीमा मोरङबाट उपकप्तानमा शाकिब हक, फिर्दोष अन्सारी, दिपेश कंडेल, प्रेम कामत, झापाबाट थपलिया बाहेक समिर कार्की, अंकित सुबेदी, ज्ञानेन्द्र श्रेष्ठ, आशिक राना मगर र विपिन महतो, सुनसरीबाट रोहन साह, इलामबाट शिवांस बजगाई तथा उदयपुरबाट सोनु अन्सारी, प्रभात किरण हाङखिम र सुमन श्रेष्ठ चयन हुनु भएका छन् ।
बागमती र मधेश प्रदेशको संयुक्त आयोजनामा हुने प्रतियोगितामा कोशी प्रदेशले नौ वटा खेल खेल्नेछ ।

प्रतियोगितामा कोशी सहित सात प्रदेश, तीन विभागीय टोली नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको टोली एपीएफ र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077