विराटनगर,९ चैत ः मोरङ जिल्लामा आर्थिक वर्ष २०८१ः८२ मा क्षयरोगबाट ४० जनाको मृत्यु भएको छ ।
विश्व क्षयरोग दिवसका पूर्व आज स्वास्थ्य कार्यालय मोरङ र बागमती सेवा समाज आज यहाँ आयोजित संचारकर्मीसंगको अन्तरक्रियामामा स्वास्थ्य कार्यालयका अधिकृत मुलकचन्द राजवंशीले उक्त जानकारी दिएको हो ।
यसैगरी आव २०८०ः८१ मा उक्त रोगबाट ३० जनाको मृत्यु भएको छ भने चालु आर्थिक वर्षको आजसम्म क्षयरोगबाट ३५ जनाको मृत्यु भएको सोही अवसरमा वताइयो ।
जिल्लामा चालु आर्थिक वर्षको हालसम्म ९०९ क्षयरोगका सङ्क्रमित रहेका छन् भने गत आर्थिक वर्षमा एक हजार २२२ रहेका थिए ।
मोरङका सुन्दरहरैचा, पथरीशनिश्चरे, उर्लाबारी क्षेत्रमा क्षयरोगका संङ्क्रमित धेरै हुने पालिका रहेको छ ।
सन् २०५० सम्ममा नेपालबाट क्षयरोग निवारण गर्ने सरकारको लक्ष्य रहेको छ । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छाैं, राष्ट्रिय अभियान, हाम्रो योगदान ।’ भन्ने नाराका साथ नेपालमा मंगलबार विश्व क्षयरोग दिवस मनाईदैछ ।
यस उपलक्ष्यमा भोलि मोरङको वुढीगंगास्थित विराट मेडिकल कलेजबाट क्षयरोग सम्बन्धमा जनचेतना जागृत गराउनु प्रभातफेरीले टंङकीसिनवारी नगरक्षेत्र परिक्रमा गरि कोण सभा गरिने कार्यक्रम रहेको सोही अवसरमा जानकारी गराइयो । –––