विराटनगर, १७ चैत ः मोरङको वुढीगंगा गाउँपालिकाले यही चैत २१ गतेदेखि चैत २७ गतेसम्म प्रथम वुढीगांगा गोल्डकप–२०८२ आयोजना गर्ने भएको छ।
पालिकाद्वारा आज वढीगंगाको हात्तिमुढामा आयोजित पत्रकार सम्मेलनमा पालिकाको वडा नं २ अमाही खेल मैदानमा कोशी, मधेश, वागमती प्रदेश र भारतको पश्चिम बङ्गालका गरी आठ बटा प्रदेशस्तरीय ए श्रेणीको क्लवको सहभागिता हुने पालिकाका अध्यक्ष जीतनारायण थापा मगरले जानकारी दिनुभयो ।
प्रतियोगितामा वढीगंगा गाउँपालिका टीम,सलेहश युवा सिरहा, राजारानी युवा क्लव,धनकुटा, धरान फुटवल क्लव,धरान,चाल्सा क्लव झापा, आरएफसि काठमाण्डौँ, नाइजेरियन क्लव र कञ्चनजङ्घा क्लव सिलीगुढी पश्चिम वङ्गाल भारत रहेको प्रतियोगिताका संयोजक रेवती नारायण चौधरीले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुने विजेता टोलीलाई रु पाँच लाख, उपविजेतालाई दुई दुई लाख ५० हजार नगद सहित विधिाँ विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई नगद सहित पुरस्कृत गर्ने कार्यक्रम रहेको छ। प्रतियोगिता सम्पन्न गर्न रु ३९ लाख खर्च लाग्ने अनुमान रहेको छ।
युवाहरुलाई खेलप्रति आकर्षित गराई लगनशिल एवं अनुशासित बनाइ पालिकालाई फुटवलको उर्वर भूमिको रुपमा विकास गर्न प्रतियोगिताको आयोजना गरिएको हो ।
पालिकाले आफ्नै खर्चमा ५० जना युवालाई विगत एक वर्षदेखि फुटवलको प्रशिक्षण दिई प्रतियोगिताको लागि ३२ जना छनौट गरेको छ।––––