विराटनगर, २० चैत ः कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङ्थेपले लेखकले समाजको एउटा कालखण्डको यर्थात चित्रणबाट त्यस बेलाको शिक्षाको महत्व वुझ्न सकिने बताउनु भयो ।
विभिन्न सरकारी कार्यालयमा आफ्नो सेवा प्रदान गरी सेवा निवृत्त हुनु भएको ८४ वर्षिय प्रभुप्रसाद पराजुलीले लेख्नु भएको आत्मवृत्तान्त आफ्नै कथा ,आफ्नै व्यथा ’ पुस्तक तथा ११ वर्षिय नाती प्रभुद्ध पराजुलीद्वारा लिखित अंग्रेजी पुस्तक षिभ वभलभकष्क उचभ(जष्कतयचथ,लयध बलम धजथ ष्त mबततभचक को विमोचन गर्दै उहाँले लेखकको यो उमेरमा सक्रियता र सृजनशीलताको हामी सबैको लागि प्रेरणाको स्रोत भएको विचार राख्नु भयो ।
उहाँले पहाडी तथा ग्रामीण क्षेत्रमा शिक्षा एवं प्रविधिको प्रयोगमा युवायुवतीहरुलाई आकर्षित गराउने कार्यमा महत्वपूर्ण योगदान पु¥याउनु भएको चर्चा गर्नुभयो ।
कार्यक्रममा प्रकाशक इन्दिरा रिजाल एवं दीर्घराज मैनालीले लेखक नेपाली गीत, गलत तथा साहित्य क्षेत्रमा मुलुकमा ठूलो योगदान पु¥याउनु भएको बताउनुभयो ।
विमोचन कार्यक्रममा प्रभु प्रसाद पराजुली, प्रभुद्ध पराजुली, साहित्यकार दिवस पोखरेल, कविराज न्यौपानले लेखकले आफ्नो कृति प्रकासन गरी समाजलाई वौद्धिक सम्पत्ति हस्तान्तरण गर्नु भएको विचार राख्न भयो ।–––