वैश्य सेवा परिषदको सिलाई कटाई तालिम

Logo
Nav Nepal आइतबार, चैत्र २२, २०८२

विराटनगर,२२ चैत । विराटनगर महानगरपालिका वडा नं. ९ र बेश्य सेवा परिषदकोद्वारा २० दिने सिलाई कटाई शिपमूलक तालीमको आजदेखि शुरु भएको छ।
वडा नं ९ का अध्यक्ष विश्वनाथ भगतले स्थानिय शितल धर्मशालाको सभाहलमा तालीमको उद्घाटन गर्दै स्थानीय महिलालाई तालीमले स्वआय आर्जनमा सहयोग पुग्ने विश्वास जनाउनुभया ।


संस्थाका संस्थापक अध्यक्ष दिनेश शाहले संस्था स्थापना देखि नै समाजमा जनचेतनामूलक तथा सामाजिक सेवा जस्ता कार्यक्रमहरुहरुमा अग्रसर रहेको कुरा बताउनु भयो ।
तालीमको उद्घाटन समारोहमा नेपाल वैश्य समाजका अध्यक्ष तथा वरिष्ठ समाज सेवी राजेन्द्र प्रसाद गुप्ता वैश्य सेवा परिषद नेपाल नामक संस्था नेपाल वैश्य समाजको वर्गीय संस्थाको रुपमा रहेको कुरा बताए ।


तालीममा स्थानिय २० जना महिलाहरु सहभागी भएका छन् ।–––

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077