पाँचौँ संस्करणको इक्वालिटी कप क्रिकेटको फाइनलमा विराटनगर र राजविराज

Logo
Nav Nepal शनिबार, चैत्र २८, २०८२

 

विराटनगर, २८ चैत ः विराटनगरमा जारी पाँचौँ इक्युवालिटी कप महिला क्रिकेट प्रतियोगितामा लगातार दुई खेलमा विजयी हुँदै विराटनगर हब र राजविराज हव फाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिताको विराटनगर –६ मेरिलेवोन ज्वाला क्रिकेट मैदानमा शनिबार भएको पहिलो खेलमा विराटनगरले सिरहालाई आठ विकेटले पराजित गर्दै चार अङ्कका साथ फाइनलमा प्रवेश गरेको छ ।
नेपाल क्रिकेट फाउण्डेसनद्वारा आयोजनामा भएको खेलमा टस जित्दै पहिले ब्याटिङ गरेकोे सिरहाले १६ दशमलव चार बलमा सबै विकेटको क्षतिमा ६३ बनाउन सफल भएको थियो ।
विराटनगरले ६४ रनको लक्ष्य १० दशमलव तीन बलमा दुई विकेट गुमाउँदै प्राप्त गरेका थियो ।
खेलका प्लेयर अफ म्याच विराटनगरकी कप्तान सानु राजवंशी भएकी छिन् ।
यस्तै दोस्रो खेलमा राजविराज हवले आयोजक नेपाल क्रिकेट फाउण्डेसन–११ (एनसीएफ) लाई १ सय १९ रनले पराजित गरि फाइनलमा प्रवेश गरेको छ ।
टस हारेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाई १ सय ५० रन बनाएको थियो ।
एसीएफले १ सय ५१ रनको लक्ष्य १९ दशमलव दुई बल खेल्दै सवै विकेट गुमाई ३१ रन बनाएको थियो ।
प्रतियोगितामा राजविराजकी कप्तान साक्षी यादव प्लेयर अफ म्याच भएकी छिन् ।
लिगको अन्तिम खेल आइतबार सिरहा र एनसीएफ–११ तथा दोस्रो खेल विराटनगर हव र राजविराज हव विच प्रतिस्पर्धा हुने छ ।–––

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077