जलवायु परिवर्तनले विश्वमा गम्भिर चुनौती देखा परेको –मन्त्री पराजुली

Logo
Nav Nepal आइतबार, चैत्र २९, २०८२

 

विराटनगर ,२९ चैत ः कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले जलबायु परिवर्तनले विश्वमा गम्भीर चुनौतीको रूपमा देखा परेको बताउनु भएको छ ।
शिक्षादिप कलेज विराटनगर–१० द्वारा आज यहाँ आयोजित चौथो संस्करणको जलबायु सम्मेलनको उद्घाटन गर्दै उहाँले जलबायु परिवर्तनबाट पर्ने असरलाई न्युनीकरण गर्न तीनै तहको सरकारवीच एवं जनताको सहकार्य आवश्यक भएको बताउनुभयो ।


विद्यार्थीले अनुसन्धान गरेको विषयलाई प्रदेश सरकारले आफ्नो प्राथमिकतामा पारेर आगामी दिनमा योजना निर्माण गर्ने उहाँले बताउनुभयो ।
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा विजुकुमार थपलियाले विद्यार्थीले प्रस्तुत गरेको शोधहरु राम्रो अनुसन्धानका साथै यसले परिवर्तनवाट पर्ने असरलाई न्यूनिकरण गर्ने विश्वास व्यक्त्त गर्नुभयो।


मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले आगामी दिनमा अनुसन्धान कार्यलाई निरन्तरता दिन कलेजलाई आग्रह गर्नुभयो ।
शिक्षादीप कलेजका प्राचार्य ज्ञानबहादुर खड्काले जलबायु परिवर्तनले विश्वलाई भयाभह अवस्था बनाएको बताउनुभयो ।


कलेजका कक्षा ११ को विज्ञान सङ्काय अन्तर्गत जीव विज्ञान विषयका ४५ विद्यार्थीले १० बटा समूह बनाएर जलबायु परिवर्तनबाट पर्ने नकारात्मक प्रभावका सम्वन्धमा अनुसन्धान प्रस्तुत गरेका थिए ।


विद्यार्थीले गरेको प्रस्तुतीको प्रा.डा शिवकुमार राई र सहप्राध्यापक कुलप्रसाद लिम्वुले मूल्याङ्कन गर्नु भएको थियो ।


थोरियम समूहले प्रस्तुत गरेको जलबायु परिवर्तन ः कृषि र खाद्य सुरक्षा सम्वन्धी प्रस्तुती सर्वोत्कृष्ट भएर नगद रु ३० हजार पुरस्कार प्रदान गरिएका कलेजका निर्देशक रामचन्द्र अधिकारीले जानकारी दिनुभयो । –––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077