विराटनगर,१६ वैशाख ः ग्रीनल्याण्ड कलेज विराटनगर–१०ले ‘एक विद्यार्थी, एक सीप’ सिकाउँद आत्मनिर्भर बनाउन अभियान सञ्चालन गरेको छ।
कलेज विराटनगरले ३६० विद्यार्थीलाई सीप विकास सम्वन्धी तालिम दिएको छ ।

कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई विभिन्न १४ प्रकारका सीप विकास सम्वन्धी तालिम दिईएको कलेजका प्राचार्य दिनेश दाहालले जानकारी दिनुभयो ।
वैशाख १२ देखि वैशाख १६ गते सम्म पाँचदिन आयोजित तालिम समापन कार्यक्रममा विद्यार्थीले सिकेको सीपको प्रदर्शनी गरेका थिए ।

कलेजले अघि सारेको एक विद्यार्थी एक सीप कार्यक्रम अन्तरगत पहिलो पटक तालिमको आयोजना गरिएको प्राचार्य दाहालले जानकारी दिनुभयो ।
विद्यार्थीले अध्ययनसँगै कुनै न कुनै सीप पनि हाँसिल गरुन भन्ने उद्देश्यले तालिम आयोजना गरिएको हो उहाँले बताउनु भयो ।

कलेजले पहिलो पटक व्यवहारिक तथा जीवनउपयोगी सीप प्रदान गरेको हो । सीप विकास तालिम हरेक वर्ष आयोजना गरिने कलेजले जनाएको छ।
कलेजका निर्देशक पवन साहले सरकारले सीप विकासलाई प्राथमिकता दिएर पाठ्यक्रम निर्माण गर्नुपर्ने बताउनुभयो ।
अध्ययन पुरा गर्ने वित्तिकै विद्यार्थीले रोजगारी नपाउने हुँदा सीप हाँसिल गर्दा आफै स्वरोजगार बन्न सक्ने उहाँले बताउनुभयो ।

कलेजले विद्यार्थीलाई बाढी थाहा पाउने प्रविधि, स्मार्ट पार्किङ, स्मार्ट घर सञ्चालन प्रविधि, माटो अनुगमन तथा स्मार्ट सिंचाई प्रणाली, बनस्पतिको बोन्साई प्रविधि, गतिसिल पहिचान प्रणाली, ग्याँस लिकेज प्रणाली, कलमी लगाउने विधि, मौसमको पूर्व जानकारी दिने प्रणाली, एलईडी बल्ब निर्माण, बायु गुणस्तर अनुगमन र एआईमा आधारित बर्षा प्रविधि लगायतबारे नेपाल र भारतका १४ जना प्रशिक्षकहरुले विद्यार्थीलाई सीप सिकाइएको थियो । ––––