विराटनगर,१७ वैशाख ः एभरेष्ट सेकेण्डरी विद्यालय विराटनगर–५ का सात विद्यार्थीसहित दश जनाको टोली स्पेन जाने भएका छन् ।
स्पेनको वार्सिलोनामा आगामी जेठ २९ देखि ३१ गतेसम्म (१२ जुन देखि १४ सम्म ) हुने युरोप मोडल संयुक्त राष्ट्रसंघको नमूना सभामा भाग लिन विद्यार्थीहरु जान लागेका हुन ।
एभरेष्टका विद्यार्थीहरु यसअघि संयुक्त राष्ट्रसंघको नमुना अभ्यासका लागि भियतनाममा भाग लिएका थिए । नमुना सभामा भाग लिन कोशी प्रदेशबाट एभरेष्ट स्कुल मात्र रहेको छ ।
यसैगरी काठमाडौबाट अक्षरा, भ्याली पब्लिक र वेदिक विद्यालयले सहभागिता जनाउने छन् ।
नमूना सभामा विश्वका २० विद्यालयका विद्यार्थीको सहभागिता हुने ग्लोबल हेल्प फाउण्डेसनका महासचिव कुँवर दिपांकरले जानकारी दिनु भयो ।
सभाले विद्यार्थीहरुको क्षमता अभिवृद्धि गरि अन्तर्राष्ट्रिय स्तरका ज्वलन्त समस्याहरुको पहिचान र समाधानका लागि विकल्पहरु खोज्न सिकाउने, विद्यार्थीहरुको नेतृत्व र व्यक्तित्व विकास गराउने ,अन्तर्राष्ट्रिय नीति नियम बुझ्न र समस्याहरुका विषयमा तार्किक विश्लेषण गर्ने क्षमताको विकास गराउने विद्यालयका प्राचार्य टिकाराम पुरीले बताउनु भयो ।
टोली बार्सिलोनको सभापछि फ्रान्स, जर्मन, स्वीट्जरल्याण्डमा दुई÷दुई दिनको अवलकोन भ्रमण गराईने विद्यालयका सहायक प्राचार्य टीएन पुरीले जानकारीदिनुभयो ।–––