विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर–६ स्थित मेरिलेबोन ज्वाला क्रिकेट मैदानमा क्रिकेट युनाटेस कप–२०२६ शुरु भएको छ ।
क्रिकेट युनाटेस कपमा बागमती प्रदेश र विराटनगरको इक्वालिटी कप–११ विच ३ खेलका २०–२० क्रिकेट सिरिज हुने फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठले बताए । उनले भने महिला क्रिकेट प्रवद्र्धन गर्नलाई दुइ प्रदेशका छात्रा विच क्रिकेट सिरिज खेलाइएका बताए ।
पहिलो खेलमा इक्वालिटी कप–११ ले बागमती प्रदेशलाई ५ विकेटले पराजित गर्दै ३ खेलका सिरिजमा १–० ले अग्रता लिएको छ । टस जितेर ब्याटिङ गरेको बागमतीले १८ दशमलव ३ बलमा सवै विकेट गुमाई ७३ रनको स्कोरबनाएको थियो । बागमतीकी सविका यादवले १७ रन बनाउँदा विविशा शाहीले १० रनको योगदान दिइन् । इक्वालिटी कप–११ की प्लेयर अफ म्याच टिका साहले ५ विकेट ीलइन् । उनले ४ ओभरमा २१ रन दिइन् ।
७४ रनको चुनौती पाएको इक्वालिटी कप–११ ले १४ दशमलव ५ बलमा ५ विकेट ुमाउँदै सो विजयी लक्ष्य पार गरेका थियो । इक्वालिटी कप–११ को जितमा क्पतान सानु राजवंशीले २५ रन बनाउँदा टिका साहले १७ रन र शाक्षी यादवले १४ रनको योगदान दिइन् । बागमतीकी कप्तान नेपालकी पूर्व खेलाडी अस्मिना कर्मचार्यले २ विकेट लिँदा पार्वती खत्रीले पनि २ विकेट लिइन् ।—