नेपाल प्रहरी– लागु औषध नियन्त्रणका लागि महाअभियान –२०८३

Logo
Nav Nepal आइतबार, जेठ १०, २०८३

विराटनगर,१० जेठ ः नेपाल प्रहरीले लागु औषधको कुलतमा परेका युवायुवतीलाई यसबाट जोगाउन आज यस विरुद्धको महाअभियान शुरु गरेको छ।
जिल्ला प्रहरीकार्यालय मोरङद्वारा आज विराटनगरमा लागु औषध विरुद्ध महाअभियान –२०८३ प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ ।
सो ¥याली महेन्द्रचोकबाट शुरु भइ ट्राफिक चोक, वुधहाट चोक, जलजला चोक, हस्पिटल चोक भई शहीद रङशालामा पुगी कोणसभमा परिणत भएको छ।
कोण सभामा प्रतिनिधि सभाकी सांसद आशा झाले खुला सिमाना कारण मोरङ र आसपासका क्षेत्रहरू लागुऔषध ओसारपसारले युवायुवतीहरु यसको कुलतमा परेको यसको रोकथामका लागि कानूनको कडाईका साथ कार्यान्वयन गर्नु पर्ने बताउनु भयो ।
उहाँले दुव्र्यसनमा परेका युवायुवतीहरू अपराधी होइनन्, उनीहरू बिरामी भएकोले विद्यालय तहदेखि नै सचेतना अभियान सञ्चालन गर्न राज्यले आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने सुझाव दिनु भयो ।
नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीले शान्ति सुरक्षा मात्र होइन, समाजलाई भित्रभित्रै खोक्रो बनाउँदै लगेको लागुऔषधको जालो तोड्ने कार्य गरिरहेको बताउनु भयो ।
उहाँले आजका हाम्रा कर्णधार युवायुवतीहरू लागुऔषधको दुव्र्यसनमा फस्दै गएकाकोमा चिन्ता व्यक्त गर्दै सीमावर्ती क्षेत्रहरूबाट हुने लागु औषध आसार पसारमा नियन्त्रणका लागि कडा निगरानी पारेको विचार राख्नु भयो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख कवित कटुवालले आफ्नो घर छेउछेउ लागु औषधि प्रयोग, वेचविखन, ओसार पसार जस्ता शङ्कास्पद गतिविधि देखिएमा प्रहरीलाई खबर गर्न सर्वसाधारण एवं युवायुवतीहरुलाई आग्रहगर्नु भयो ।
¥यालीमा नेपाल प्रहरी,प्रहरीको व्याण्ड, सशस्त्र प्रहरी, सामुदायिक तथा नीति विद्यालय, विभिन्न वित्तीय संघसंस्था, सामाजिक संघ संस्था लगायतका सहभागिता रहेको थियो ।–––

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077