सरकारले प्रदेशमा तीन सय साना उद्यमी बनाउन सहयोग गरेको –मन्त्री मन्सुरी

Logo
Nav Nepal शुक्रबार, जेठ २९, २०८३

विराटनगर, २९ जेठ ः स्थानीय स्तरमा उद्यमशीलताको विकास गरी रोजगारीका नयाँ अवसरहरू सिर्जना गर्न आज एक दिने प्रादेशीक मेला विराटनगरमा आयोजना गरिएको छ।
कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालय, गोरादह नगरपालिका झापा र फाकफोक गाउँपालिका इलाम र दायित्व सहयात्राद्वारा संयुक्त रुपमा आज विराटनगरमा आयोजित एक दिने कोशी प्रादेशिक उद्यम मेला –२०८३ को आयोजनाले कृषि ,साना तथा मझौला उद्यमीहरूलाई आफ्नो उत्पादन प्रदर्शन गर्ने माध्यम दिनु र बैंकहरूसँग जोडेर आवश्यक लगानीको वातावरण सहज बनाउनु मेलाको मुख्य उद्देश्य रहेको छ।
मेलामा प्रदेशका पाँच जिल्लाका विभिन्न घरेलु कृषि, तथा साना उद्यमको ४० बटा स्टलले प्रदेशभित्रका नवीन व्यावसायिक सोचहरूलाई प्रोत्साहन गर्दै प्रादेशिक अर्थतन्त्रलाई बलियो बनाउनु रहेको छ।
मेलाले प्रदेशको आर्थिक समृद्धिमा सहयोग पु¥याउन सरकार, बैंक, बजार, निजी क्षेत्र र उद्यमी लाई एकै ठाउँमा उभ्याएको छ ।
प्रदेशमा बेरोजगारी समस्या न्यूनीकरण गर्न र स्वरोजगारी प्रवद्र्धन गर्न मेला कोशेढुङ्गा साबित हुने अपेक्षा गरिएको छ।
प्रदेशका उद्योग,कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरीले मेलाको उद्घाटन गर्दै सरकारको यस कार्यक्रमले पहाड तथा तराईका सात जिल्लामा विगत दुई वर्षको अवधिमा तीन सय उद्यम तयार गर्न स्थानीय निकायको सहयोगमा कार्यक्रम संचालन गरेको र यसबाट सो क्षेत्रमा रोजगारी सिर्जनामा सहयोग पुगेको बताउनुभयो ।
उहाँले प्रदेश सरकारले नवप्रवद्र्धनका ३२ उद्यमी छनौट गरी आवश्यक विउ पूँजी उपलव्ध गराएको जानकारी दिनु भयो ।
मन्त्री मन्सुरीले मेलाले उद्यमीको बजारीकरण,व्यवसायीकरण र उत्पादनमा महत्वपूर्ण सहयोग पु¥याउने विचार राख्नु भयो ।
पूर्व मन्त्री रामबहादुर राना र प्रदेश सभा सदस्य यशोधा कायस्थले पहाडी क्षेत्रको वाँझो जमीनमा बजारको माग अनुसार कृषि उत्पादन गरेमा त्यसक्षेत्रबाट नागरिकको पलायन कार्य नियन्त्रण हुने विचार राख्नुभयो ।
प्रदेशका मुख्यमन्त्रीका आर्थिक सल्लाहकार मोहन सुवेदीले मुलुकको माटो सुहाउँदा उद्योग प्रवद्र्धन गरेमा आर्थिक वृद्धि र रोजगर सिर्जना हुने विचार राख्नु भयो ।
कार्यक्रम संयोजक एवं दायित्वका निर्देशक संजय पोखरेल, फाकफोक पालिकाका उपाध्यक्ष कल्पना राई ,गौराहद नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद सुवेदी लगायतले घरघरमा रहेका महिलाहरुलाई उद्यमशिलता बनाएमा मुलुकमा आर्थिक चलायनमा हुने विचार राख्नु भएको छ।
मेलामा प्रदेशका मोरङ, सुनसरी,झापा,इलाम र भोजपुर जिल्लामा महिला तथा युवा उद्यमीका कृषि, साना तथा घरेलु उद्योगबाट उत्पादित सामाग्रीहरुको प्रदर्शन गरिएको छ।–––

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077