खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार – शम्भू पोखरेललाई

Logo
Nav Nepal शुक्रबार, भाद्र २६, २०८३

विराटनगर । यस वर्षको खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर टेलिभिजनका पत्रकार शम्भू पोखरेललाई प्रदान गरिएको छ ।

पीताम्बर–खिलेश्वरी स्मृति प्रतिष्ठानद्वारा आज (शुक्रबार) विराटनगरमा आयोजित कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले पत्रकार पोखरेललाई पुरस्कार प्रदान गरेका हुन् ।

पुरस्कारको राशि ११ हजार रुपैयाँ नगद र प्रमाणपत्र रहेको छ ।

कार्यक्रममा मन्त्री शेर्पाले पत्रकारिता समाजको ऐना भएकाले जनचासोका विषयलाई सत्यतथ्यमा आधारित भएर समाचार बनाउनुपर्नेमा जोड दिए । उनले प्रदेश सरकारले पत्रकारिता क्षेत्रको संरक्षण र विकासका लागि प्रदेश सञ्चार प्रतिष्ठान गठन गरेको जानकारी दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ मोरङ शाखाका अध्यक्ष सुशीला पाठक, केन्द्रीय सदस्य कमल रिमाल, प्रतिष्ठानका सदस्यसचिव कविराज न्यौपाने, कोशी प्रदेश सञ्चार प्रतिष्ठानका अध्यक्ष दीपक दाहाललगायतले लोकतन्त्र स्थापना र अभिव्यक्ति स्वतन्त्रताका लागि सञ्चार क्षेत्रले पुर्‍याएको योगदानलाई राज्यले आत्मसात गर्नुपर्ने धारणा व्यक्त गरे ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077