विराटनगर, १ असोज ः श्रम बजारको माग अनुसार युवाहरूलाई व्यवहारिक र गुणस्तरीय सीप प्रदान गर्न शिक्षामा आवश्यक सुधार गर्नु आवश्यक रहेको सहभागीहरुले सुझाव दिनु भएको छ।
काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसन र विराटनगर महानगरपालिकाद्धारा आज यहा आयोजित प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिम प्रमाण साझाकरण एवं सहकार्यात्मक सुधार कार्यशाला गोष्ठीमा सहभागीहरुले प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम क्षेत्रमा गरिएका अध्ययन तथा अनुसन्धानका निष्कर्षहरूलाई सरोकारवालाहरूमाझ साझा गनु पर्नेमा जोड दिएका छन् ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले शिक्षा र सिपलाई साथ लिएमा हिड्ेमा मुलुकमा दक्ष जनशक्ति उत्पादन भई रोजगारी उपलव्ध हुने विचार व्यक्त गनु भयो ।
उहाँले तीन तहको सरकार र नीजि क्षेत्रको सहकार्यमा मुलुकमा दक्षजनशक्ति उत्पादन हुने धारणा व्यक्त गर्नु भयो ।
काठमाण्डौ विश्व विद्यालयका उपकुलपति प्रा डा विवेक वरालले विश्वविद्यालयले लामो समयदेखि व्यवसायिक शिक्ष प्रदान गर्दै आएको बताउनु भयो ।
उहाँले विश्व विद्यालय स्थानीय तहसंगको सहकार्यमा मुलुकमा दक्षजनशक्ति उत्पादन गरी परिणाम दिने कार्य गर्न इच्छुक रहेको चर्चा गर्नु भयो ।
कार्यक्रममा पुर्वान्चल विश्वविद्यालय,प्रदेशका विभिन्न पालिका, विभिन्न सामुदायिक विद्यालयका प्रधानाध्यापक,प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषदका प्रदेश निर्देशक , नीजि क्षेत्रका उद्यमी व्यवसायीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको मुख्य उद्देश्य प्रदेश तथा स्थानीय तहमा प्राविधिक तथा व्यव।सायिक शिक्षा एवं तालीम प्रणालीलाई प्रभावकारी बनाउन नीति निर्माता, शैक्षिक संस्था र उद्योग÷व्यवसाय क्षेत्रबीच साझा रणनीति तयार पार्नु रहेको छ।
यसैगरी प्राविधिक शिक्षालाई अझ व्यवहारिक र बजारयोग्य बनाई युवालाई स्वरोजगार एवं रोजगारीका अवसर सिर्जना गर्न मद्दत पुर्याउँनु रहेको छ।–––