मनमोहनका विद्यार्थीले गरे प्राविधिक परियोजना प्रर्दशन

Logo
Nav Nepal बुधबार, आश्विन २८, २०८३

विराटनगर, २८ असोज  । मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन पोलिटेक्निकका विद्यार्थीहरुले आफुले निर्माण गरेका विभिन्न प्राविधिक परियोजनाहरु प्रर्दशन गरेका छन।
पोलिटेक्निकको सिभिल , ईलेक्ट्रिकल, ईलेक्ट्रिक एण्ड ईलेक्ट्रिोनिक्स , मेकानिकल र आईटी ईन्जिनियरिङको डिप्लोमा तहमा अध्यनरत अन्तिम सेमेष्टरका विद्यार्थीहरुले बुधबार आफुहरुले निर्माण गरेका परियोजनाहरु प्रर्दशन गरेका हुन ।
मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढा स्थित पोलिटेक्निकमा बुधवार भएको प्रर्दशनका क्रममा आईटी विभागका विद्यार्थीहरुले स्मार्ट लाईब्रेरी सिस्टम , होस्टल म्यानेजमेन्ट , अनलाइन सपिङ, डिजिटल भोटिङ, आर्मी एडमिनिष्टरी एपदेखी स्मार्टहोम अटोमेसन र स्मार्ट होम सेक्युरिटी प्रणालीसँग सम्बन्धित एप र पोर्टलहरु प्रर्दशन गरेका थिए । विद्यार्थीहरुले निर्माण गरेका सबै पोर्टल र एपहरु सहज रुपमा प्रयोगमा ल्याउन सकिने र कतिपय प्रयोगमा आउन थालिसकेको आईटी विभाग प्रमुख ईन्जिनियर युवराज चौधरीले बताए ।
यसैगरि ईलेक्ट्रिकलतर्फका विद्यार्थीहरुले अटो विद्युत्त हुकिङ कन्ट्रोल प्रणाली , माईक्रो हाईड्रो पावर , विद्युत्त ओभरलोड कन्ट्रोल सिस्टम , अण्डरग्राउण्ड केवल लोकेसन ट्रयाक सिस्टम लगायतका उपकरण प्रर्दशन गरे ।
यसैगरि ईलेक्ट्रिक एण्ड ईलेक्ट्रिोनिक्सका विद्यार्थीहरुले बाढी प्रकोपका बेला प्रयोग गरिने ओभर वाटर अलआर्म सिस्टिम , मोवायलमा प्रयोग गर्न सकिने अटो स्मार्ट साइन ट्रान्सलेटर र पोखरीमा जमेको पानीको फोहोर सफा गर्ने रिमोट कन्ट्रोल वेस्ट कलेक्टर अनि शहरी क्षेत्रमा प्रयोग गर्न सकिने ईलेक्ट्रिक अटो ट्राफिक कन्ट्रोल सिस्टम लगायतका उपकरणहरु प्रर्दशन गरे ।
मेकानिकल ईन्जिनियरिङ तर्फका विद्यार्थीहरुले चाँही दुर्घटना कम हुने अटोरिक्सा , पेट्रोल र ब्याट्रि दुबैबाट कुदने मोटरसाइलकल अनि ईन्धन विनै प्रयोग गर्न सकिने धान काटने मेसिन र घाँस काटने ईलेक्ट्रिक मेसिन प्रर्दशन गरे ।
सिभिल तर्फका विद्यार्थीहरुले चाँही विश्विद्यालयको प्रशासिनक भवन , परीक्षा भवन , होस्टल भवन आदिको डिजाइन निर्माण गरेका थिए ।
विद्यार्थीहरुले निर्माण गरेका प्राविधिक परियोजनाको विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेल ,रजिष्टार डा किशोर अधिकारी , संरक्षण समिति सदस्यहरु सत्यनारायाण चौधरी , राजन केसी , बलभद्र थारु सहित बुढीगंगा गाउँपालिका अध्यक्ष जितनारायण थापा , उपाध्यक्ष अमृताकुमारी गच्छदार उद्योगी सोमप्रसाद अधिकारी , पोलिटेक्निकका प्राचार्य ईन्जिनियर सुदिप अधिकारी लगायतले अवलोकन गरेका थिए ।
अवलोकनका क्रममा पालिका अध्यक्ष थापाले उत्कृष्ट परियोजनालाई परिष्कृत गर्न पालिकाले सहयोग गर्न बताए ।
उद्योगी सोमप्रसाद अधिकारीले विद्यार्थीले निर्माण गरेका परियोजनाहरु लगानीकर्ता खोजी गरेर परिस्कृत गरि बजारमा लानसके प्रभावकारी हुने सुझाव दिए । संरक्षण समिति सदस्य राजन केसीले विद्यार्थीहरुले लामो अध्यन गरेर निर्माण गरेका परियोजनाहरुलाई बन्द कोठामा नराखी बजारीकरण गर्नसकेमा विद्यार्थीसँगै शिक्षालयको पनि नाम बढने बताए ।
उपकुलपति डा सुवासश्रीले चाँडै विश्वविद्यालयले प्रदेश सरकारसँग सहकार्य गरेर विद्यार्थीहरुले निर्माण गरेका स्टार्टअप परियोजनाहरुको बृहत्त प्रर्दशनी आयोजना गराउन लागेको जानकारी गराए ।
मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन पोलिटेक्निकमा ईन्निनियरिङ बिषय अध्यन गर्ने विद्यार्थीहरुले हरेक बर्ष आफुहरुले निर्माण गरेका विभिन्न परियोजनाहरु प्रर्दशन गर्दै आएका छन ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077