विराटनगरमा रोयल बफेट एण्ड गेस्ट हाउस सञ्चालनमा

Logo
Nav Nepal बिहिबार, आश्विन २९, २०८३

विराटनगर ,२९ असोज । विराटनगरको कञ्चनबारीमा रोयल बफेट एण्ड गेस्ट हाउस सञ्चालनमा आएको छ।
तीन जना युवाको संयुक्त लगानीमा बिहीबारदेखि सञ्चालनमा आएको बफेटमा ३० भन्दा बढी प्रकारका खानाका परिकार उपलब्ध हुने सञ्चालकले बताएका छन्।

बफेटमा ७९९ रुपैयाँमै ३० भन्दा बढी प्रकारका खानाका परिकारको स्वाद लिन सकिने सञ्चालक पप्पु अन्सारीले जानकारी दिनु भयो ।
ग्राहकलाई एउटै स्थानमा विभिन्न स्वादका परिकार उपलब्ध गराउने उद्देश्यले बफेट सञ्चालनमा ल्याइएको उनले बताए।
सञ्चालकहरु श्याम तिम्सिना, रञ्जनकुमार शाही र पप्पु अन्सारीले रोयल वफेट सञ्चालनमा रु ५० लाख भन्दा बढी लगानी गरेको जानकारी दिनु भयो ।
रोयल बफेट एण्ड गेस्ट हाउस सञ्चालनमा ल्याएका युवाहरू यसअघि पनि खाद्य तथा आतिथ्य सेवासम्बन्धी व्यवसायमा संलग्न रहँदै आएका छन्। ।
रोयल बिरयानीका विराटनगरसहित विभिन्न देशको विभिन्न स्थानमा एक दर्जनभन्दा बढी शाखा सञ्चालनमा रहेको सञ्चालक अन्सारीले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077