गोली प्रहार गरी गाँजासहित २ भारतीय नियन्त्रणमा

Logo
Nav Nepal शुक्रबार, आश्विन ३०, २०८३

विराटनगर,३० असोज । प्रहरीले मोरङको रतुवामाईमा गोली प्रहार गरी लागू औषध गाँजासहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार रतुवामाई–५ गोबिन्दपुरको बक्रा खोला बगरबाट आठ वटा बोरामा रहेको २६४ दशमलव ५० केजी गाँजा बेवारिसे अवस्थामा विहिवार राति बरामद गरिएको छ ।
सोही स्थानमा पुनः कारोबार हुन सक्ने अनुमानमा इलाका प्रहरी कार्यालय, सिजुवाको टोली राति गस्तीमा खटिएको क्रममा गाँजा लिएर भारततर्फ जाँदै गरेकालाई नियन्त्रणमा लिन खोज्दा भाग्न खोजेपछि प्रहरीले हवाई फायरसहित दुई राउण्ड फायर गरेको थियो ।
गोली प्रहारबाट भारत अररिया जोगबनीका ३० वर्षीय प्रमोद चौधरीको घुँडामुनि लागेको छ ।
यसैगरी अररिया महगामा ग्राम पञ्चायत थाना ४ का ५० वर्षीय राजेन्द्र प्रसाद यादवलाई पनि करिब १०० केजी गाँजासहित प्रहरीले नियन्त्रणमा लिइएको छ ।
दुवैलाई इलाका प्रहरी कार्यालय, सिजुवामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।––

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077