कोशी र मधेश प्रदेश वीच खेलकुद विकासका लागि संझौता

Logo
Nav Nepal शुक्रबार, आश्विन ३०, २०८३

विराटनगर, ३० असोज । कोशी प्रदेश र मधेश प्रदेशबीच खेलकुद क्षेत्रको विकास तथा प्रवद्र्धनका लागि द्विपक्षीय सहकार्य सम्बन्धी समझदारीपत्र (एमओयू) मा आज साँझ हस्ताक्षर भएको छ।
कोशी प्रदेश खेलकुद विकास वोर्डद्धारा आज साँझ विराटनगरमा आयोजित समारोहमा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव विप्लव घोष र मधेश प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव शिवजीप्रसाद कानुले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
समझदारीअनुसार दुवै प्रदेशबीच नियमित रूपमा मैत्रीपूर्ण प्रतियोगिता सञ्चालन गरिने, खेलाडी, प्रशिक्षक, रेफ्रीर अम्पायर तथा खेल प्रशासकको क्षमता अभिवृद्धिका लागि संयुक्त तालिम र अनुभव आदानप्रदान गरिने छ।

खेलकुद पूर्वाधार र प्रविधिको साझेदारी तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा पनि परस्पर सहयोग गरिनेछ।
यसका साथै वार्षिक खेल क्यालेन्डर बनाई पालैपालो दुवै प्रदेशमा प्रतियोगिता आयोजना गरिनेछ ।
आयोजक प्रदेशले प्रतियोगिता सञ्चालन, स्थानीय यातायात र आवासको व्यवस्था गर्नेछ भने सहभागी प्रदेशले आफ्नो टोलीको आगमन र पूर्वतयारी खर्च बहन गर्नु पर्ने छ ।
सो अवसरमा कोशी प्रदेश खेदकुद विकास वोर्डका सदस्य सचिव घोषले मधेशबाट क्रिकेट, कवड्डी, कुस्ति जस्ता खेलमा सिक्ने अवसर प्राप्त हुनुका साथै कोशीले मधेशलाई भलिवल, फुटवल र महिला क्रिकेटको विकासमा सहयोग गर्ने विचार राखेका छन् ।
यसैगरी मधेश खेलकुद परिषदका सदस्य सचिव कानुले सम्झौताले दुई प्रदेशका खेलाडीहरुलाई व्यवसायिक खेल तथा खेलबाट आत्मनिर्भर हुन सहयोग पुग्ने विश्वास व्यक्त्त गर्नु भयो ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077