विराटनगर, १७ कात्तिक ः कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङलाई आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८२÷८३ को सातौँ वार्षिक प्रतिवेदन आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आज हस्तान्तरण गर्नु भएको छ ।
प्रदेश प्रमुख खापुङले संवैधानिक अधिकारप्राप्त आयोगको वार्षिक प्रतिवेदन वैज्ञानिक एवं व्यवस्थित छ भत्रुभएको छ ।
उहाँले संविधानले निर्दिष्ट गरेको कामकर्तव्यमा आयोग मिहिन ढङ्गले काम गरिरहेको प्रसङ्ग उल्लेख गर्दै नेपालको भूगोलभित्र बसोबास गर्ने विविध जातजाति, भाषाभाषी, धर्म, संस्कृति र सभ्यतालाई जोगाउन आयोगले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको धारणा राख्नुभयो ।
प्रदेश प्रमुख खापुङले राज्यले नागरिकप्रति समान व्यवहार, सामाजिक न्याय र समावेशिताको सिद्धान्तलाई कायम राख्नु पर्ने धारणा राख्दै प्रतिवेदनको मर्म, सिफारिश र सुझावलाई सरकारले ग्रहण गर्नु पर्ने कुरामा जोड दिनुभयो ।
आयोगका अध्यक्ष थापा मगरले नेपालको कुल जनसङ्ख्याको ३४ दशमलव ८७ प्रतिशत आदिवासी जनजातिको सङ्ख्या रहेको जानकारी दिँदै ६८ दशमलव नौ प्रतिशत आदिवासी जनजातिले आ–आफ्ना भाषा प्रयोग गर्ने गरेको बताउनुभयो ।
उहाँले प्रतिनिधि सभा, राष्ट्रिय सभामा आदिवासी जनजातिको सहभागिता उल्लेख नरहेकोमा चिन्ता व्यक्त गर्दै आदिवासी जनजातिको साक्षरता दर ७८ दशमलव दुई मात्र देखिएको स्पष्ट पार्नुभयो ।–––