विराट एक्स्पो आगामी पुस २ देखि÷दुई लाख ५० हजारले अवलोकन गर्ने

Logo
Nav Nepal बुधबार, कार्तिक १९, २०८३

विराटनगर,१८ कात्तिक । उद्योग संगठन मोरङको आयोजनामा नवौँ संस्करणको विराट एक्स्पो आगामी पुस २ देखि ११ गतेसम्म विराटनगरमा आयोजना हुने भएको छ ।
संगठनद्धारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विराटनगर–१४ आयोजना हुने संगठनका अध्यक्ष नन्दकिशोर राठीले जानकारी दिनु भयो ।
लगानीको सम्भावना एवं अवसरको नाराका साथ हुने एक्स्पो प्रत्येक दिन बिहान १० बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुनेछ ।
यस पटकको एक्स्पोलाई अवसरमा आधारित बनाइएको जनाएका छन् ।
एक्स्पोमा १० वटा अवसर क्षेत्र र ६ वटा एकीकृत प्लेटफर्म रहनेछन् ।


एक्सोमा विद्यार्थीले करियरको सम्भावना,, युवाले सीप र रोजगारीको अवसर , उद्यमीले बजार र लगानीको सम्भावना पहिचान र उद्योगीले नयाँ ग्राहक तथा व्यवसायिक साझेदार भेटने छन् ।


एक्सोमा कोशी प्रदेशका १४ वटा जिल्लाका अवसर प्रस्तुत गरिने र नेपाल–भारत तथा नेपाल–बंगलादेश बिजनेस फोरम हुने एक्सो संयोजक विपिन कावराले जानकारी दिनु भयो । एक्सोमा नेपाल, भारत, वंगलादेश लगायत स्थानीय कृषि तथा घरेलु उद्योगका २७५ भन्दा बढी स्टल रहनेछन् ।
कोशी प्रदेशका १४ वटै जिल्लाका कृषि, महिला, घरेलु तथा साना उद्यमीका उत्पादन र सुनसरी–मोरङ औद्योगिक करिडोरका प्रमुख उत्पादनलाई विशेष प्राथमिकता दिइनेछ ।
आयोजकले करिब २ लाख ५० हजार दर्शक, ३०० भन्दा बढी कम्पनी तथा संस्था, २५ हजार विद्यार्थीको सहभागिता र १ हजार ५०० भन्दा बढी व्यावसायिक म्याचमेकिङको लक्ष्य राखेको छ ।
एक्सोमा दुई हजार युवालाई रोजगारीसँग जोड्ने र कम्तीमा २० वटा लगानीयोग्य स्टार्टअप लगानीकर्ता समक्ष प्रस्तुत गर्ने लक्ष्य छ ।–––

 

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077