बेलवारी गोल्डकप फुटवल पुस ४ गतेदेखि, विजेताले रु आठ लाख प्राप्त गर्ने

Logo
Nav Nepal आइतबार, मंसिर १४, २०८३

विराटनगर १२ मंसिर । मोरङको बेलबारी नगरपालिकमा रहेको डाँगीहाट युथ क्लवले आगामी पुस ४ गतेदेखि १० गतेसम्म नवौँ बेलबारी मेजर स्व एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। क्लवले आज बेलवारीमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगितामा नेपालका सात र भारतको एक गरी आठ टोलीले प्रतिस्पर्धा गर्ने जनाएको छ। प्रतियोगितामा आयोजक डाँगिहाट युथ क्लब,बेलवारी, सिरहाको सलहेश युवा क्लब, नेपाल पुलिस क्लब, थ्री स्टार क्लब, प्लानिङ ब्वाइज क्लब काठमाण्डौं, झापाको रेडस्टार क्लब, भोजपुर जिल्ला फुटबल संघ र भारतको मिक्स क्लब खार्साङ सहभागी हुनेछन्।

बेलबारी नगरपालिका–११ स्थित लक्ष्मीमार्गको डाँगिहाट रंगशालामा प्रतियोगिता आयोजना हुने क्लवका अध्यक्ष विक्रम वान्तवा राईले जानकारी दिनु भयो । अध्यक्ष राईले खेलकुदमार्फत स्थानीय युवालाई फुटवल प्रति प्रेरणा जनाउन प्रतियोगिताको आयोजना गरिएको बताउनु भयो । खेलकुदमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान स्थापित गर्ने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिइएको बताए । विभिन्न जातजाति, भाषाभाषी र धर्म संस्कृतिको संगमस्थलका रूपमा रहेको बेलबारीलाई खेलकुदका माध्यमबाट थप परिचित गराउन प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने उहाँले बताएका छन् । उक्त रंगशालामा दैनिक करिब एक सय खेलाडीले प्रशिक्षण लिँदै आएका छन्। । प्रतियोगिताको विजेताले रु आठ लाख र उपविजेताले रु चार लाख सहित ट्रफी प्राप्त गर्ने क्लवका सचिव नविन राईले जनाएका छन् । यसैगरी व्यक्तिगत विधातर्फ सर्वोकृष्ट खेलाडीलाई रु ५१ हजार , उत्कृष्ट गोलरक्षक, प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट मिडफिल्डलाई जनही रु १७ हजार प्रदान गरिने आयोजकले जनाएको छ। प्रत्येक खेलको प्लेयर अफ द म्याचले रु १० हजार पाउनेछन्। । प्रतियोगिता सम्पन्न गर्न रु ७२ लाख ७४ हजार खर्च हुने अनुमान गरिएको छ। गत संस्करणमा प्लानिङ ब्वाइज क्लबले काठमाण्डौले उपाधि जितेको आयोजकले जनाएकोक छ ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077