एभरेष्ट स्कुलले राष्ट्रिय खेलकुदमा ८ जना विद्यार्थीलाई पठाएर उत्कृष्टता देखाएको छ : सामाजिक विकास मन्त्री तिम्सिना

Logo
Nav Nepal आइतबार, मंसिर १४, २०८३

‎विराटनगर । कोशी प्रदेश सामाजिक विकास मन्त्री गिता तिम्सिनाले विराटनगरको एभरेष्ट स्कुलले राष्ट्रिय खेलकुदमा आठ जना खेलाडी पठाएर उत्कृष्टता देखाएको बताएकी छिन् ।
‎
‎एउटा विद्यालयबाट ८ जना राष्ट्रिय खेलकुदमा सहभागि हुनु आफैमा गौरवको विषय रहेको भन्दै विद्यालयले यसैगरि शैक्षिक ज्ञानसँगै खेलकुद लगायतका क्षेत्रमा पनि ध्यान दिनु पर्ने उनले बताइन । प्रारम्भिक बाल शिक्षालाई प्रभावकारी बनाउने उद्देश्यका साथ गुणस्तरीय प्रारम्भिक बालशिक्षा किन र कसरी विषयक कोशी प्रदेशस्तरीय शैक्षिक सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री तिम्सिनाले यस्तो बताएकी हुन्  ।
‎
‎कोशी प्रदेशको राजधानी विराटनगरमा सम्मेलनको उद्घाटन गरेकी मन्त्री तिम्सिनाले भनिन,‘यो कोशी प्रदेशकै गौरवको विषय हो । अध्ययनले मात्र हैन यस्ता खेलकुदलगायतका गतिविधि समेतले नै सर्वाङ्गिण विकास हुने हो । यस्तै उनले शैक्षिक सुधारका लागि तीनै तहका सरकारको भूमिका आवश्यक पर्ने बताइन ।
‎
‎प्रदेश सरकारको भागमा पर्ने आवश्यक नीतिगत सुधारका लागि मन्त्रालय तयार रहेको बताउँदै मन्त्री तिम्सिनाले  व्यवहारिक कार्यान्वयनमा लाग्न उपस्थित शिक्षक शिक्षिकासँग आग्रह समेत गरिन । राजनीति र विद्यार्थीको सम्बन्ध कतै न कतै जोडिने भन्दै त्यसलाई बुझाउन शिक्षण संस्थाको समेत भूमिका हुने चर्चा गरिन । पछिल्लो समय नैतिक शिक्षाको समेत कमि हुँदै गएको अनुभूति हुने गरेको भन्दै उनले त्यसतर्फ समेत ध्यान जान जरुरी रहेको बताइन ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077