बकरिद पर्व –हर्षउल्लासपूर्ण मनाउँदै

Logo
Nav Nepal सोमबार, आषाढ ०४, २०८१
विराटनगर,३ असार ः ईस्लाम धर्मावलम्बीहरुले मनाउने महान चाड बकरिद(ईद उल अजहा) आज यहाँ मुस्लिम समुदायले हर्षउल्लासपूर्ण रुपमा  मनाइरहेका छन् ।
यसै पर्वमा आज  विराटनगर–१३ इदगाहमा ईस्लाम धर्मावलम्बीहरुले सामुहिक नमाज( प्रार्थना) गरेका छन् ।
यस पर्वले अन्य समुदायबीच  भाइचार र सामाजिक सद्भाव कायम गर्न मद्दत पुग्ने विश्वास रहेको छ।
बकरिद पर्व रमजान अर्थात इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७० औँ दिनमा मनाउने  यो पर्वमा आर्थिक रुपमा सबल मानिसहरु हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् ।
यस पर्वमा अल्लालाई खुशी पार्न मुसलमानहरुले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिने गर्दछन् ।
धार्मिक मान्यता अनुसार अल्लाका नवी(दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माईललाई कुर्बानी गर्नु पर्ने आदेशलाई पालना गर्दा अल्लाह प्रशत्र भएर इस्माईलको कुर्बानी नभएर स्वर्ग(जत्रत) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यतालाई अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई मुसलमानहरुले कायम राखेको पाइएको छ ।
कुर्बानीको मासु तीन भागमा बाँडी  वितरण गरिन्छ । एक भाग गरिब एवं विपत्र परिवारलाई एक आफ्ना आफ्ना इष्टमित्रलाई र अर्को भाग आफू खानु पर्ने धार्मिक मान्यता छ ।
यस पर्वमा मुस्लिम समुदायका घर–घरमा विभिन्न प्रकारका खाद्य सामाग्री,  मिठाई , सेवइ, फलफल लगायतका पकवान बन्ने गरेको छ भने अन्य समुदायका साथीभाईहरुलाई निमन्त्रणा गरि खुवाउने चलन समेत रहेको छ।
यस पर्वमा विराटनगरका ठूला मलहरु एवं पसलहरुमा मुस्लिम समुदायका युवायुवती , बालवालिकाहरुको आफुलाई मन पर्ने  सामाग्री खरीद गर्न भीड लागेको देखिन्छ ।
इस्लाम धर्म अनुसार प्रत्येक वर्ष अर्बी क्यालेण्डर अनुसार १०÷१० दिन पछि सर्दै जान्छ । जसले गर्दा ३६ वर्षको अवधिमा सबै चाडपर्व एक फन्को लगाईसक्छ ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077