एन्टिवायोटिक औषधिको प्रयोगले स्वास्थ्यमा गम्भिर चुनौति आउने–मन्त्री पराजुली

Logo
Nav Nepal मंगलबार, मंसिर ०९, २०८३

विराटनगर ८ मंसिर । कोशी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रमणि पराजुलीले चेतनाको कमी, जीवनशैली र एन्टिबायोटिक औषधिको जथाभावी प्रयोगले समाजमा गम्भीर स्वास्थ्य चुनौती निम्त्याइरहेको बताउनुभएको छ ।
कोशी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयद्धारा आज विराटनगरमा आयोजित एक स्वास्थ्य प्रतिजैविक प्रतिरोध न्यू,नकरणका लागि अन्तर मन्त्रालयगत सरोकारवालाहरुसँगको गोष्ठीको उद्घाटन गर्दै उहाँले सामान्य ज्वरो वा रुघाखोकी लाग्दा पनि एन्टिबायोटिक प्रयोग गर्ने प्रवृत्ति बढेको उल्लेख रुघामर्र्की लाग्दा निकै एन्टिबायोटिक प्रयोगले भविपयमा ठूलो जोखिम आउने हुनाले समयमा समाजमा सचेतना फैलाउनु आवश्यक भएको धारणा राखेका छन् ।
उहाँले गाउँगाउँका औषधि पसल र स्वास्थ्य चौकी वरपर एन्टिबायोटिक सहजै उपलब्ध हुने र त्यसको अत्यधिक प्रयोगले मानव स्वास्थ्यमा दीर्घकालीन हानि पुगिरहेको विचार राखेका छन ।भनाइ छ ।
मन्त्री पराजुलीका अनुसार प्रयोग नगर्नुपर्ने अवस्थामा पनि औषधि प्रयोग गर्दा मान्छेको आन्तरिक रोग प्रतिरोधी क्षमता कमजोर हुँदै गएको छ भने प्रतिजैविक प्रतिरोधी क्षमता (एन्टिमाइक्रोबियल रेजिस्टेन्स) उल्टो बढ्दै गएको बताएका छन् ।
उहाँले प्रतिजैविक प्रतिरोधी क्षमता न्यूनीकरण गर्न समाजमा चेतना र जागरण आवश्यक रहेको जोड दिदै राज्यले स्पष्ट मापदण्ड र कानुन बनाएर औषधि पसलहरूको अनुगमन, सेवाको मूल्याङ्कन तथा नियमन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले कार्यक्रमबाट प्राप्त सुझाव र निष्कर्षलाई आगामी दिनमा सरकारको नीति निर्माणको आधार बनाइने पनि उहाँले उल्लेख गर्नुभयो ।


प्रदेशका स्वास्थ्य सचिव डा कीर्तिपाल सुवेदीले एन्टिवायोटिक्सको जथाभावी प्रयोग घटाउन र अस्पतालभित्र हुने सङ्क्रमण नियन्त्रण गर्न नियमनसँगै जनचेतना तथा स्पष्ट मापदण्ड आवश्यक रहेको बताएका छन्
उहाँले एन्टिवायोटिक्सको प्रयोग घटाउन कानुनी नियम र नियन्त्रण मात्र पर्याप्त नहुने उल्लेख गर्दै सबै पक्ष पहिला सचेत हुनुपर्नेमा जोड दिँदै कुन रोगमा कहिले एन्टिवायोटिक्स चलाउने र कुन एन्टिवायोटिक्सबाट सुरु गर्ने भन्ने स्पष्ट प्रोटोकल तथा गाइडलाइन बनाउन आवश्यक रहेको बताएकधा छन् ।
गोष्ठीमा डा सभ्यता पन्थी औषधी व्यवस्था विमागका राजेश श्रेष्ठ,डा मुकेश नायक , डा किशोर गुरुङ, नेपाल पत्रकार महासंघ कोशीका उपाध्यक्ष कुमोद अधिकारी ,डा रामहरी रेग्मी लगायतले स्थानीयस्तरमा एन्टिवायोटिक औषधि प्रयोग सम्वन्धि सचेतना फैलाउनु पर्ने सुझाव दिनु भयो ।


गोष्ठीको उद्देश्य मानव स्वास्थ्य, पशु स्वास्थ्य, कृषि तथा वातावरणसँग सम्बन्धित निकायबीच समन्वय र सहकार्य बढाई प्रतिजैविक औषधिको दुरुपयोग रोक्दै प्रतिरोध न्यूनीकरणमा साझा रणनीति तय गर्नु रहेको आयोजकले जनाएको छ।


गोष्ठीमा प्रतिजैविक औषधिको विवेकपूर्ण प्रयोग, चिकित्सकको सल्लाहबिना औषधि सेवन नगर्ने, पशुपन्छीमा औषधिको सही प्रयोग र संक्रमण रोकथामबारे समाजमा सचेतना फैलाउने विषयमा छलफल हुने कार्यक्रम तय गरिएको छ। स्थानीय तह, स्वास्थ्य संस्था, औषधि पसल र सञ्चार माध्यमको भूमिकामाथि पनि छलफल हुने बताइएको छ।–

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077