शल्य चिकित्सकको राष्टिय सम्मेलन विराटनगरमा हुने

Logo
Nav Nepal मंगलबार, मंसिर ०९, २०८३

विराटनगर ८ मंसिर । नेपाल शल्यचिकित्सक समाज (एसएसएन) को १५औं राष्ट्रिय सम्मेलन (एसएसएनकन –२०२६) विराटनगरमा मंसिर १० देखि १२ गतेसम्म हुने भएको छ।
समाजको कोशी प्रदेशद्धारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बिराट मेडिकल कलेज टिचिङ हस्पिटल (बीएमसीटीएच) मा हुने सम्मेलन प्रदेशमा झण्डै दुई दशकपछि हुन लागेको जानकारी दिइयो ।
समाजका कोशी प्रदेश अध्यक्ष प्रो डा रोृहितप्रसाद यादव तथा महासचिव प्रो डा राकेशकुमार गुप्ताद्धारा हस्ताक्षरित विज्ञत्मिमा शल्यचिकित्सामा उत्कृष्टताको अभिवृद्धिः नवप्रवर्तन, प्रविधि र सहकार्यु भन्ने नारासहित हुने सम्मेलनमा नेपाल तथा विदेशका शल्यचिकित्सक, अनुसन्धानकर्ता, प्राध्यापक र प्रशिक्षार्थीबीच ज्ञान, सिप र अनुभवको आदानप्रदान हुनेछ।
सम्मेलनमा शल्यक्रियाका नयाँ प्रविधि, कम चिरफारबाट गरिने उपचार र बिरामी सेवामा सुधारबारे पनि छलफल हुनेछ।

इन्डोस्कोपी र कोलोनोस्कोपी, हर्नियाको शल्यक्रिया तथा मलद्वारसम्बन्धी रोगको उपचारमा व्यावहारिक तालिम दिनुका साथै पेटको क्यान्सर र कलेजोको शल्यक्रियाको तयारीबारे विज्ञसँग अन्तरक्रिया हुनेछ ।

सम्मेलनमा मुख्य वैज्ञानिक अनुसन्धानपत्र तथा ई–पोस्टर प्रस्तुति, विशेषज्ञ प्रवचन र अन्तरक्रियात्मक सत्र हुनेछन्।् ।
यस्तै हर्निया, अन्ननली, पेट, कलेजो, प्यान्क्रियाज, कोलोरेक्टल, स्तन, युरोलोजी र न्युरोसर्जरीका सत्रका साथै रोबोटिक शल्यक्रिया र चिकित्सा शिक्षामा कृत्रिम बौद्धिकता (एआई) जस्ता नवीन विषय समेटिएका छन्।

सम्मेलनमा ल्याप्रोस्कोपिक सिप प्रतियोगिता एमआइएस च्याम्पियनसिपु हुनेछ। युवा सर्जन र आवासीय चिकित्सकका उत्कृष्ट अनुसन्धानपत्र तथा उत्कृष्ट पोस्टरलगायत विधामा पुरस्कार प्रदान गरिनेछ।

सम्मेलनमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, अफगानिस्तान, जापान, फिलिपिन्स, युरोप र मलेसियाका चिकित्सकको सहभागिता रहनेछ। विदेशी विशेषज्ञको उपस्थितिले सहभागीलाई विश्वमा आएका नयाँ प्रविधि र अनुसन्धानबारे जानकारी पाउने अवसर दिने दिने ने आयोजकले जनाएको छ।
सम्मेलनले अनुभवी र युवा शल्यचिकित्सकबीच सहकार्य बढाउने तथा नेपालमा शल्यचिकित्सा सेवाका चुनौती र सम्भावनाबारे छलफल गर्ने उद्देश्य राखेको छ।
समाजले नेपाल तथा विदेशमा कार्यरत सम्पूर्ण शल्यचिकित्सक, प्राध्यापक, आवासीय चिकित्सक, अनुसन्धानकर्ता र स्वास्थ्यकर्मीलाई सम्मेलनमा सहभागी हुन आमन्त्रण गरेको छ। –

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077