राधाकृष्ण रथयात्राको सुरक्षामा ड्रोनको प्रयोग हुने

Logo
Nav Nepal बुधबार, साउन ३०, २०८१

 

विराटनगर,३० साउन ः राधाकृष्ण मन्दिर विराटनगर–१ बाट आगामी भदौ ११ गते निकालिने ९३ औँ संस्करणको रथयात्राको सुरक्षाका लागि डिजिटल प्रविधि( ड्रोन) मार्फत गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय मोरङमा राधाकृष्ण रथयात्रा तयारी सम्वन्धमा आज आयोजित छलफल कार्यक्रममा उक्त ड्रो र सिसि क्यामरामार्फत रथयात्रा जाने स्थानमा सुरक्षा व्यवस्था कायम गरिने प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिइएको हो ।
यसैगरी रथयात्राको विभिन्न भीडभाड हुने स्थानमा नागरिकको सुरक्षाका लागि सादा पोशाकका प्रहरी खटाउनुका साथै ट्राफिक व्यवस्थापनका लागिसुनसरी र झापाबाट ट्राफिक प्रहरीले ल्याइने भएको छ।
विराटनगर पानीटङ्कीबाट निकालिने उक्त्त रथयात्रा नगरको नौ किलोमिटर परिक्रमा क्रममा ४२ स्थानमा पूजाअर्चनाका लागि रोकिने भएको छ ।
रथयात्रा सफलता पूर्वक सम्पन्न गर्न कैलाशप्रसाद रेग्मीको संयोजकत्वमा ५०१ सदस्यीय मूल समारोह समिति समिति गठन गरिएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारीले प्रेमप्रसाद भट्टराईले एशियाको दोस्रो ठुलो यो रथयात्रालाई सुरक्षित र सफलतापूर्व सम्पन्न हामीसबैले आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आग्रह गर्नु भयो ।
श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने यो रथयात्रामा मोरङ, सुनसरी, झापा, सप्तरी र सीमावर्ती भारतीय जिल्लाका समेत गरि करीव सात लाख भक्तजनहरुको सहभागिता हुने अनुमान गरिएको छ।
छलफल कार्यक्रममा प्रदेश प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यायल,विराटनगर महानगरपालिकाले ,नेपाल विद्युत प्राधिकरण, विभिन्न उद्योग संघ संगठनका प्रतिनिधि, नागरिक समाज , विभिन्न धार्मिक संघसंगठनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
विस १९८८ देखि खटयात्रा र विस २०२७ सालबाट रथयात्रा निकालिएको संयोजक रेग्मीले जानकारी दिनु भयो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले रथयात्राको शुभारम्भ गर्नु हुने कार्यक्रम रहेको छ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077