‘इमान्दारीका साथ न्याय सम्पादन गर्नुपर्छ ’

Logo
Nav Nepal शनिबार, फाल्गुण ०५, २०८०

विराटनगर,४ फागुन ःउच्च अदालत विराटनगरका मुख्य न्यायाधिश रमेशकुमार राजभण्डारीले गर्दै इमान्दारीका साथ न्याय सम्पादन गर्नु पर्नेमा जोड दिनु भएको छ।
कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालय विराटनगरद्वारा आज यहाँ आयोजित लिखित जवाफ सम्वन्धी एक दिने अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले आफ्नो इमानलाई केन्द्रभागमा राखरेले जिम्मेवारीवोधका साथ कार्य गरेमा न्यायपालिकाप्रति अहिले आएका टिप्पणी निस्तेज पार्न सकिने धारणा राख्नु भयो ।
मुख्य न्यायाधिवक्ता रुपेश कोइरालाले प्रदेश सरकारको पक्षमा परेका मुद्दाहरुको प्रतिरक्षाका लागि पेश गरिने लिखित जवाफमा आवश्यक सम्पूर्ण प्रमाण संलग्न गरेमा सरकारले आफ्नो कार्यक्रम निर्वाध रुपमा सञ्चालन गर्न सक्ने बताउनु भयो ।
महान्यायाधिवक्ताको कार्यालय काठमाण्डौका नायव महान्यायाधिक्ता सञ्जीवराज रेग्मी र सहायक न्यायाधिवक्ता रविन सापकोटाले प्रदेश सरकारको कानूनी प्रतिरक्षा गर्ने सबै निकायको समन्वय कायम गरि लिखत जवाफ पेश गरी समस्या समाधान गर्नु पर्ने सुझाव दिनु भयो ।
कार्यक्रममा प्रदेशका विभिन्न जिल्ला अदालतका न्यायाधिश,जिल्ला तथा उच्च अदालतका सरकारी वकिल,रजिष्टार,प्रदेश सरकार अन्तर्गतका विभिन्न मन्त्रालयका अधिकृत, कार्यालय प्रमुखहरुको सहभागिता रहेको छ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077