

विराटनगर, २० वैशाख ः विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्ष्यमा नेपाल पत्रकार महासंघ मोरङले सूचनाको हकको क्षेत्रमा कार्य गर्ने दुई जना पत्रकारहरुलाई आज यहाँ पुरस्कृत गरिएको छ।
महासंघ मोरङद्वारा आज विराटनगरमा आयाजित षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार वितरण तथा अग्रज पत्रकार सम्मान कार्यक्रममा रु एक लाख एक सयको सूचनाको हक अधिकार पुरस्कारबाट किशोर वुढाथोकी र नगद रु÷ २५ हजार २५ को सूचना हक प्रोत्साहन पुरस्कारबाट राष्ट्रिय समाचार समिति सुरुङ्गाका जिल्ला प्रतिनिधि सुरेन्द्र भण्डारीलाई पुरस्कृत गरिएको छ।
यसैगरी अग्रज पत्रकार एवं महासंघका पूर्व मोरङ जिल्ला अध्यक्ष यज्ञ शर्मालाई पनि सम्मान गरिएको छ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुरस्कार वितरण गर्दै सूचनाको हक अधिकार प्रयोग गरी प्रदेश सरकार एवं यस अन्तर्गतका कर्मचारीहरुमा सुशासन एवं पारदर्शीता कायम गर्ने कार्यमा योगदान पु¥याएको बताउनु भयो ।
उहाँले विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना दिदै सञ्चारकर्मीहरुले सत्यतथ्य विवरण सहितको सूचना आम जनता समक्ष पु¥याउन महत्वपूर्ण भूमिका खेल्नु पर्नेमा जोड दिनु भयो ।
मुख्यमन्त्री कार्कीले अध्याँरो कोठाबाट लोकतान्त्रिक शासन प्रणाली र आम नागरिकका माथि हुने साइवर हमला कुनै हालतमा सह्य नहुने भन्दै नेपाल सरकारले यस्ता कार्यलाई तुरुन्त नियन्त्रण गर्न काुननको दायरामा ल्याउनु पर्ने आवश्वक्ता औल्याउनु भयो ।
उहाँले निजी क्षेत्रको महत्वपूर्ण सहभागितामा हिजो सम्पन्न प्रदेश लगानी सम्मेलनमा रु एक खर्व ५२ अर्व १६ करोडका ४६ परियोजनाले प्रदेश र मुलुकको आर्थिक समृद्धि, रोजगार सिर्जनामा महत्वपूर्ण उपलव्धी हासिल हुने विश्वास व्यक्त्त गर्नुभयो ।
विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले सञ्चारकर्मीहरुले कमलको माध्यमबाट समाजमा रहेका विकृति, भेदभाव, छुवाछुत , बालबाल विवाह,महिला हिंसा नियन्त्रणमा भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिनुभयो ।
महासंघकी मोरङ अध्यक्ष सुशिला पाठक,पुरस्कार कोषका संस्थापक केदारबहादुर बस्नेत,महासंघ केन्द्रीय सदस्य कमल रिमाल,मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुईटेल, प्रदेश अध्यक्ष भरत खड्का, मोरङ उपाध्यक्ष सन्तोष सिग्देल र पूर्व प्रदेश अध्यक्ष लिलावल्लभ घिमिरेले सर्वजनिक निकायलाई पारदर्शी बनाउन एवं जनतामा सूचनाको हकको पहँचमा पुरस्कारले सहयोग प¥याएको बताएका छन् ।
षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार यसअघि स्व बिनयकुमार कसजु, तारानाथ दाहाल, शिव गाउँले, धर्मेन्द्र झा, गजेन्द्र वुढाथोकी र काशीराज दाहाललाई प्रदान गरिएको थियो ।
यसैगरी षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार राजु श्रेष्ठ, गणेश लम्साल, मोहनकाजी नेउपाने, देवनारायण साह र हरि अधिकारीलाई प्रदान गरिएको थियो ।–––