‘इडेनवर्ग कलेज सम्पूर्ण शिक्षाको केन्द्र’

Logo
Nav Nepal शनिबार, बैशाख २७, २०८२

विराटनगर २७ वैशाख । इडेनबर्ग कलेज विराटनगर –९ ले आज स्नातक तहको व्यवस्थापन र शिक्षा सङ्कायमा भर्ना भएका विद्यार्थीको स्वागत गरेको ।
कलेजद्वारा आज यहाँ आयोजित विशेष कार्यक्रममा व्यवस्थापन संकायको वीवीएस प्रथम वर्ष र शिक्षा शास्त्र संकायको वीएडमा भर्ना भएका ४४२ विद्यार्थीको स्वागत गरिएको हो ।
कलेजले विराटनगरको सिटी प्यालेसमा आयोजित कार्यक्रममा व्यवस्थापन र शिक्षा सङ्काय अन्र्तगत स्नातक तह अध्ययन पुरा गरेका १६० विद्यार्थीलाई कलेजले विदाई समेत गरेको छ ।
सो अवसरमा कृष्ण देवान स्मृति छात्रवृत्रि वितरण गरिएको छ ।
पत्रकार प्रेम देवानका स्वर्गीय बुबाको स्मृतिमा स्थापना गरिएको छात्रवृत्रि स्नातक तहको व्यवस्थापन(विविस) तेस्रो वर्षमा अध्ययनरत प्रेम रौनियार र आरिफ अन्सारीलाई प्रदान गरिएको छ ।
प्रतिनिधिसभा सदस्य मोरङ ५ का सांसद योगेन्द्र मण्डलले कार्यक्रमको उद्घाटन गर्दै विद्यार्थीलाई प्राविधिक र व्यवहारिक शिक्षा अनिवार्य गर्नु पर्नेमा जोड दिनु भयो ।
उहाँले प्राविधिक सीपमुलुक शिक्षाले युवाहरुको विदेश पलायन नियन्त्रण गर्न सकिने विचार राख्नु भयो ।
क्याम्पस प्रमुख डिके साहले विद्यार्थीलाई संस्कार र सिपसहितको गुणस्तरीय शिक्षा प्रदान गर्दै कलेज अगाडि बढेको बताउनुभयो ।
कलेजका सञ्चालक भुवन नेपालले इडेनबर्ग कलेजले गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको बताउनुभयो ।
उहाँले २०७४ सालदेखि कान्तिपुर कलेज सहित नयाँ व्यवस्थापनमा कलेज सञ्चालन गरिएपछि कलेज दक्ष र योग्य जनशक्ति उत्पादनमा केन्द्रीत रहेको बताउनुभयो ।
उहाँले विराटनगर काठमाण्डौ पछि ठूलो शैक्षिक केन्द्र रहेको जानकारी दिनुभयो ।सञ्चालक नेपालले भन्नुभयो,‘ विराटनगरका कलेजहरुमा अहिले १४ हजार विद्यार्थी अध्ययनरत छन् ।’

कार्यक्रममा विद्यार्थीले विभिन्न नृत्य तथा गीतहरु प्रस्तुत गरेका थिए ।
उत्कृष्ट प्रस्तुती दिनेहरुलाई कलेजले नगद पुरस्कार वितरण गरेको थियो ।
विस २०६६ सालमा स्थापित कलेजमा हाल एक हजार ३६५ जना विद्यार्थी अध्ययनरत रहेको कलेजका अध्यक्ष विष्णु दाहालले जानकारी दिनुभयो ।
कलेजले विद्यार्थीहरुलाई अतिरिक्त समयमा लोकसेवा आयोग, विभिन्न बैक, शिक्षा आयोगको तयारी कक्षा समेत सञ्चालन गर्दै आइरहेको छ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077