खबर पूर्वाञ्चल वार्षिकोत्सव

Logo
Nav Nepal सोमबार, बैशाख २९, २०८२

विराटनगर,२९ वैशाख । खबर पूर्वाञ्चल मिडीय प्रालीद्वारा सञ्चालित खबर पूर्वाञ्चल अनलाइनको १० औँ वार्षिकोत्सव आज एक समारोहबीच सम्पन्न भएको छ ।
कार्यक्रममा सहभागी वक्ताहरूले मुलुकमा मिडियाले सत्य तथ्यका आधारमा पछाडि परेका जनताको विषयमा समाचार पस्कनु पर्ने सुझाव दिनु भयो ।
उहाँले सञ्चार माध्यमकोे भूमिका निष्पक्ष र अझै सशक्त हुनुपर्नेमा जोड दिएका छन् ।
कोशी प्रदेशका सांसद जयप्रकाश चौधरीले पत्रकारिताको परिवर्तित परिवेशमा अनलाइन पत्रकारिता एकमात्र विकल्प बनेको बताउनुभयो ।
उहाँले पत्रकारहरूले देश र प्रदेशका आवश्यकता अनुकूलका मुद्दामा निरन्तर बहस र पैरवी गरिरहनुपर्ने सुझाव दिनु भयो ।
प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष टिकाराम पुरीले मिडिया क्षेत्रले दलीय प्रभावबाट माथि उठेर सहीलाई सही र गलतलाई गलत भन्नुपर्ने सुझाव दिनु भयो ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजालले मिडियाले ‘निजी, औद्योगिक क्षेत्र लगायतका अवस्था जर्जर हुनुको कारण पहिचान गरेर समाचार प्रकाशन गर्नुपर्ने सुझाव दिनु भयो ।
विराटनगरबाट प्रकाशित हुने खबर पूर्वाञ्चल डटकमले स्थानीय मुद्दालाई प्राथमिकतामा राखेर समाचार सम्प्रेषण गर्दै आएको सो अवसरमा बताइएको छ ।

समारोहमा नेपाल औषधी व्यवसायी संघ मोरङका अध्यक्ष देशबन्धु ढकाल, प्रेस यूनियन केन्द्रीय उपमहासचिव अभय राई, प्रेस यूनियन कोशी प्रदेशका अध्यक्ष मिनकुमार नवोदित, प्रेस चौतारी कोशी प्रदेशका अध्यक्ष सुमन पुरी, समाजवादी प्रेस संगठन कोशी प्रदेशका अध्यक्ष बन्धु पोखरेल, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारी र मोरङका उपाध्यक्ष सन्तोष सिग्देललगायतले मिडियाले मुलुकको सबै क्षेत्रमा सुधारका लागि निरन्तर आवाज उठाइरहनुपर्ने अपरिहार्यता रहेको बताउनु भएका छन् ।
खबरपूर्वाञ्चलका अध्यक्ष पुष्पराज थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार तेजेन्द्र भण्डारीले स्वागत मन्तब्य राखेका थिए भने अनलाईनका सम्पादक डा.डिल्ली पोखरेलले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077