

विराटनगर, ४ जेठ ः राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र सहित राजसंस्था स्थापनाका लागि शान्तिपूर्ण ढङ्गले आन्दोलन गर्ने बताउनु भएको छ।
विराटनगरमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यही आउँदो जेठ १५ गतेदेखि काठमाण्डौंमा शुरु हुने वृहत जनआन्दोलनले हिन्दु राष्ट्र सहित राजसंस्था स्थापना,सुुशासन सहितको आर्थिक समृद्धि, लघुवित्त ,सहकारी तथा मिटर व्याजिबाट पीडित गरीव जनताको राहतका लागि हुने जानकारी गराउनु भयो ।
अध्यक्ष थापाले आन्दोलनमा विभिन्न ४४ राजनीतिकदलहरु सहित दुई लाख जनताको सहभागिता रहने बताउनु भयो ।
उहाँले मागहरु पूरा नभएसम्म आन्दोलन निरन्तर जारि रहनुका साथै शान्तिपु्र्ण , भद्र अबज्ञा र सत्याग्रह स्वरुपमा हुनेछ।
अध्यक्ष थापाले आन्दोलन कुनै दल वा सरकारका बिरुद्धमा नभएर देशमा शान्ति स्थायित्व कायम गरी प्रजातान्त्रलाई अझ सुदृढ गराउने र नेपाली जनताको चाहान बमोजिम आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने साझा उद्देश्य रहेको छ।
उहाँले भन्नु भयो,‘संबिधानले दिएको अधिकर प्रयोग गर्दै जनआन्दोलन गर्ने निर्णय गरिएको हो’ ।–––