कोशी प्रदेशबाट १० महिनाको अवधिमा एक लाख ६० हजारले श्रम स्विकृत लिएको

Logo
Nav Nepal शुक्रबार, जेठ १७, २०८२

 

विराटनगर, १६ जेठ ः कोशी प्रदेशबाट पछिल्लो १० महिनाको अवधिमा बैदेशिक रोजगारीमा जानका लागि एक लाख ६० हजारले श्रम स्वीकृति लिएका छन् ।
सुरक्षित आप्रवासन(सामी) कार्यक्रमद्वारा आज यहाँ आयोजित पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रममा चालु आर्थिक वर्षको साउन देखि बैशाख मसान्तसम्म एक लाख ६० हजार ६७२ जनाले श्रम स्वीकृति लिएको सामी मोरङका संयोजक दीपक राउतले उक्त जानकारी दिनुभयो ।
उहाँले नेपालबाट प्रति बर्ष करिब पाँच लाख भन्दा बढि श्रमशक्ति विदेशी श्रम बजारमा प्रवेश गर्ने गरेको उहाँले बताउनु भयो ।
मुलुकमा सीमित रोजगारीका अवसर, गरिबी लगायतका कारण वैदेशिक रोजगारी प्रति आकर्षित देखिएको छ।
नेपालबाट श्रम स्वीकृत लिएर बैदेशिक रोजगारमा जानेको सङ्ख्या हाल सम्म ८२ लाख भन्दा वढी रहेको छ भने दैनिक सरदर दुई हजार बढी वैदेशिक रोजगार जाने गरेको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाएको छ ।
संयोजक राउतले कोशी प्रदेशवाट वैदेशिक रोजगारमा जाने मध्ये करिब २१.८२ प्रतिशत रहेको छ भने मोरङबाट मात्रै गत वर्ष ३१ हजार ९७ जनाले वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएका छन् ।


जसमा पुरुष २६ हजार ५८८ र महिला चार हजार ५०९ जना रहेका छन् ।
मोरङबाट चालु आर्थिक वर्षको हाल सम्म २७ हजार ५४० ले श्रम स्वीकृति लिएको छन् ।
कोशी प्रदेशबाट पछिल्लो तीन वर्षको अवधिमा बैदेशिक रोजगारीमा गएकाहरु मध्ये ७७४ जनाको मृत्यु भएको छ ।
आर्थिक वर्ष २०७९÷८० मा २९६ जना, २०८०÷०८१ म ३२३ जना र २०८१÷०८२ को पुस मसान्तसम्म १५५ जनाको मृत्यु भएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077