

विराटनगर,१७ जेठ ःसंयुक्त स्वतन्त्र चालक संघ(नेपाल( ट्रेडयुनियन)ले आज यहाँ चालकहरुको पेशागत हक हितमा प्रतिवद्धता आज व्यक्त्त गरेको छ।
संघका अध्यक्ष संजयदेव बान्तावाले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा चालकहरुको सामाजिक र आर्थिक अधिकारको सुनिश्चिता,सावारी क्षेत्रमा व्याप्त अव्यवस्था एव दण्डहीनता शोषणको अन्त्य गर्ने जानकारी दिनुभएको छ।
चालकहरुको आवाज उठाउने संस्थागत माध्यमको रुपमा संघ दृढ र जिम्मेवारीपूर्वक कार्य गर्ने उहाँले बताउनु भयो ।
संघले दुर्घटनामा परेका चालक तथा परिपालाई तत्काल राहत,उपचार सहायता र बीमा सुविधा उपलव्ध गराउने, चालकहरुका छोराछोरीलाई शिक्षा, स्वास्थ्यमा छात्र वृत्तिको व्यवस्था गर्ने,आपतकालीन अवस्थामा तत्काल राहत र उद्धारका लागि संजालको निर्माण गर्ने,सुरक्षा कोषको व्यवस्था गर्नु संघ संस्थापनाको उद्देश्य रहेको छ।
वरिष्ठ उपाध्यक्ष नरेश वुढाथोकीले संघमा साना तथा ठूला सवारी चालकहरु आवद्ध रहेका बताउनुभयो।–––