

विराटनगर,२८ जेठ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजना र उदय परियोजनाको सहकार्यमा स्थानिय व्यवसायिक विकास परामर्शदाताहरुको क्षमता विकास तालिम कार्यक्रम आजदेखि विराटनगरमा शुरु भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतको अध्यक्षतामा शुभारम्भ भएको तीन दिने तालिमको उद्घाटन गर्दै उहाँले कोशी प्रदेशको आर्थिक क्षेत्रलाई चलायमान बनाउन महासंघ कोशी क्रियाशिल रहेको बताउनु भयो ।नेपाल उद्योग वाणिज्य महासंघ कोशी र उदय परियोजना बीच भएको सम्झौता बमोजिम स्थानीय व्यवसायिक विकास परामर्शदाता मार्फत कोशी प्रदेशमा रहेका साना तथा मझौला उद्योग व्यवसायीको पूँजीमा पँहुच बढाई, लगानी तथा नवप्रवर्तन अनुकुल व्यवसायिक वातावरण सृजना गर्नका लागी यस प्रदेशमा सकृय साना तथा मझौला उद्योग व्यवसायीलाई लक्षित गरी व्यवसायिक विकास परामर्शदाता परिचालन गर्ने कार्यको शुभारम्भ भएको अध्यक्ष राउतले बताउनु भयो ।
उहाँले यस कार्यक्रमबाट जिल्ला÷नगर उद्योग बाणिज्य संघको क्षमता विकास, नेटवर्क विस्तार, समन्वय, तथा साना तथा मझौला उद्योगको दिगो विकास र विस्तार संगै व्यवसाय अनुकूल वातावरण निर्माणका गर्नका लागि सहकार्यको थालनी हुने बताउनु भयो ।
महासंघ कोशीले केहि महिना अघिबाट, उपाय बिजिनेस सोलुसन सगको सहकार्यमा द्यम्क् सेवाको सुरुवात गरेको जानकारी दिदै वहाले अहिले कृषि क्षेत्रका करिब १ दर्जन कृषि उद्यमीहरुको ब्याजमा अनुदान कर्जाको लागि विभिन्न बैंक तथा वित्तीय संस्थामा सहजीकरण गरिरहेको उहाँले उल्लेख गर्नु भयो ।
अध्यक्ष राउतले व्यवसायिक विकास परामर्शदाताहरूको भूमिकाले कोशी प्रदेशमा रहेका जिल्ला÷नगर उद्योग वाणिज्य संघलाई संस्थागत आम्दानी वृद्धि, सदस्य व्यवसायीहरुमा सेवा प्रवाहले सन्तुष्टि, स्थानीय रोजगारी सिर्जना गर्ने बताउनु भयो ।
उदय परियोजनाका बिडीएस लिड बिष्णु काफ्लेले परियोजनाको बारेमा जानकारी दिदै साना तथा मझौला उद्यमीहरुको लागि व्यवसायिक विकास परामर्शदाताहरुको सेवाले व्यवसाय विकास, बजार नेटवर्क विस्तार, लगानी आकर्षण, सरकारी नीतिगत जानकारी, अनलाइन प्रणाली तथा नवप्रवर्तनमा महत्वपूर्ण भूमिका प्लेट फर्म रहने बताउनु भयो ।
तीन दिन सम्म चल्ने उक्त कार्यक्रमको सहजीकरण उपाय बिजिनेस सोलुसन काठमाडौँबाट साजन पाठक र बालाजी खनालले गर्नु भएको छ । –––
कार्यक्रममा कोशी प्रदेशका जिल्ला नगर उद्योग वाणिज्य संघका ३० जना सचिवालय प्रमुख र स्थानिय व्यवसायिक विकास परामर्शदाताहरुको सहभागिता रहेको छ ।