कोशी प्रदेश सरकारको बजेट सार्वजनिक

Logo
Nav Nepal आइतबार, आषाढ ०१, २०८२

विराटनगर, १ असार ः कोशी प्रदेश सभाको आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आगामी आर्थिक वर्षका लागि वार्षिक बजेट रू.३५ अर्ब ८७ करोड ९९ लाख विनियोजन गरेको सार्वजनिक गर्नुभएको छ ।
कुल विनियोजनमध्ये चालुतर्फ रु.१८ अर्ब ६७ करोड ३३ लाख अर्थात ५२ प्रतिशत, पूँजीगततर्फ रु.१७ अर्ब १० करोड ६५ लाख अर्थात ४७दशमलव सात प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु.१० करोड अर्थात शुन्य दशमलव तीन प्रतिशत रहेको छ । यो अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा एक दशमलव सात प्रतिशतले बढी र संशोधित अनुमानको तुलनामा १२ प्रतिशतले बढी रहेको छ ।
कुल विनियोजनमा स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ रू.चार अर्ब ७० करोड ७२ लाख रहेको छ ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च ब्यहोर्ने स्रोतमध्ये प्रदेश सरकारको आन्तरिक राजस्वबाट रू.पाँच अर्ब ५० करोड, राजस्व बाँडफाँटबाट रू.१२ अर्ब ३९ करोड ६० लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट रू.आठ अर्ब ९८ करोड ३४ लाख, सशर्त अनुदानबाट रू.चार अर्ब ५७ करोड १० लाख, समपुरक अनुदानबाट रू.३९ करोड १७ लाख र विशेष अनुदानबाट रू.५५ करोड ७२ लाख गरी राजस्व तथा वित्तीय हस्तान्तरणबाट जम्मा रू.३२ अर्ब ७४ करोड ९९ लाख र रोयल्टीबाट प्राप्त हुने रकमबाट रु.३५ करोड छ लाख खर्च ब्यहोरिनेछ । बाँकी अपुग रकम नगद मौज्दातबाट रू.३ अर्ब १३ करोड ब्यहोरिने मन्त्री मगरले बजेट मार्फत जानकारी दिनुभएको छ ।


प्रस्तुत भएको बजेट कार्यान्वयनबाट प्रदेशको समग्र आर्थिक आधारहरुको सबलीकरण भई आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने अनुकूल अबस्था सिर्जना हुने अपेक्षा गरिएको छ ।
यो बजेटले निजी क्षेत्रको लगानी वृद्धि गर्दै रोजगारीका अबसरको सिर्जना गर्न महत्वपूर्ण योगदान गर्ने, आन्तरिक राजस्व परिचालन सुदृढ गर्न, बजेट अनुशासन कायम गर्न र प्रदेश सरकारको लगानी प्रतिफलयुक्त क्षेत्रमा केन्द्रित गर्न सफलता मिल्ने बजेटले विश्वास लिएको छ ।
यसबाट सार्वजनिक वित्त व्यवस्थापना थप सुधार भई विकासमा तिव्रता आउनुका साथै प्रस्तावित बजेटको कार्यान्वयनबाट आर्थिक वर्ष २०८२÷८३ मा आर्थिक वृद्धिदर पाँच दशमल तीन प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ ।–––

 

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077