

विराटनगर, ५ असार । महिलाहरुको क्षेत्रमा कार्य गर्ने सङकल्प (शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला संजाल)को आज यहाँ प्रदेशस्तरीय समिति पुर्नगठन गरिएको छ।
सङ्कल्पको आज विराटनगरमा आयोजित अभिमुखिकरण कार्यक्रममा शोभा दाहालको अध्यक्षतामा प्रदेशस्तरीय समिति सर्वसमितिले गठन गरिएको छ।
समितिको उपाध्यक्ष गंगा पौडेल सचिवमा नजवुल खान र कोषाध्यक्षमा मीना राईलाई सर्वसम्मत रुपमा चुनिएको छ।
यसैगरी सदस्यहरुमा विविशा राई,सुशिला विक, राखी कर्ण, शान्ता तामाङ्ग र सविता वुढाथोकीलाई चयन गरिएको छ।
कार्यक्रममा प्रदेशका विभिन्न जिल्लाका महिलाहरुको सहभागिता रहेको थियो।–––