पूविका नवनियुक्त रजिष्ट्रार प्राडा मिश्रद्वारा पदभार ग्रहण

Logo
Nav Nepal बिहिबार, आषाढ ०५, २०८२

 

विराटनगर, ५ असार ः पूर्वाञ्चल विश्वविद्यालय (पूवि)का नवनियुक्त रजिष्ट्रार प्राध्यापक डा. कल्याणी मिश्र त्रिपाठीले आज पदभार ग्रहण गर्नुभएको छ ।
विश्वविद्यालयका उप–कुलपति प्राडा बिजुकुमार थपलियाले केन्द्रीय कार्यालय मोरङको सुन्दरहरैचा नगरपालिकास्थित गोठगाउ“मा आयोजित कार्यक्रममा नवनियुक्त रजिष्ट्रारलाई डा त्रिपाठीलाई स्वागत सहित पदस्थापन गराउनु भएको छ ।
उप–कुलपति थपलियाले सरकारले योग्यता र अनुभवका आधारमा नवनियुक्त रजिष्ट्रारको जिम्मेवारी प्रदान गरेको स्पष्ट पार्दै सबै मिलेर विश्वविद्यालयको विकास र विस्तारमा लाग्नु पर्ने आवश्यकता औ“ल्याउनु भयो ।
नवनियुक्त रजिष्ट्रारले विश्वविद्यालयको आर्थिक र प्रशासनिक क्षेत्रमा सफल नेतृत्व प्रदान गर्नु हुनेमा आफू आशावादी रहेको उहा“ले धारणा व्यक्त गर्नुभयो ।
नवनियुक्त रजिष्ट्रार प्राडा मिश्रले पदभारत ग्रहण गर्दै पूर्वाञ्चल विश्वविद्यालयको प्राज्ञिक पहिचानलाई नया“ उचाईमा पु¥याउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
सो अवसरमा विश्व विद्यालयका चिकित्साशास्त्र संकायका डीन डा. शैलेषमणि पोखरेल, व्यवस्थापन संकायका डीन डा. सन्देशदास श्रेष्ठ, कला, कानून तथा शिक्षाशास्त्र संकायका डीन रामप्रसाद ढकाल, परीक्षा नियन्त्रक बालेन्दु हमाल, अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. मीनराज ढकाल, पाठ्यक्रम अनुसन्धान तथा विकास केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. मेदिनीप्रसाद शर्मा, अनुगमन तथा मूल्याङ्कन केन्द्रका कार्यकारी निर्देशक डा. उत्तमकुमार रेग्मी लगायतले रजिष्ट्रार प्राडा त्रिपाठीको कार्यकालमा विश्वविद्यालयको पहिचान अन्तर्राष्ट्रिय स्तरमा पुग्ने विश्वास जनाउनु भयो ।
विश्वविद्यालयका कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीले पूवि ऐनको प्रावधान बमोजिम उप–कुलपति डा थपलियाको सिफारिसमा गत जेठ ३० गते प्राडा मिश्रलाई रजिष्ट्रारमा नियुक्त गर्नुभएको थियो ।
रजिष्ट्रार प्राडा त्रिपाठी प्राज्ञिक क्षेत्रमा ३० वर्षभन्दा बढी सेवा गरेको अनुभव हासिल गर्नुभएकी, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा सेवा आयोगको अध्यक्ष लगायतका पदाधिकारीको जिम्मेवारी कुशलतापूर्वक बहन गरिसक्नुभएको छ । –––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077