मजदुरको न्यूनतम पारिश्रमिक कायम गर्न हुनुपर्छ–मन्त्री राई

Logo
Nav Nepal बिहिबार, आषाढ २६, २०८२

विराटनगर , २६ असार ः कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले मजुदरको जीवन यापनका लागि पुग्ने न्यूनतनम पारिश्रमिक वृद्धि गर्न आफ्नो प्रतिवद्धता रहने बताउनु भएको छ।
मन्त्री राईले संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले आज विहान महेन्द्र चौकमा न्यूनतम पारिश्रमिक वृद्धि र श्रम कानुन कार्यान्वयन सम्बन्धमा चार बुँदे ज्ञापनपत्र जिफन्टका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठबाट वुझ्दै सो कुरा बताउनु भएको हो ।
उहाँले मजदुरहरुले मुलुकमा प्रजातन्त्र लगायत सङ्घीयता स्थापनामा महत्वपूर्ण योगदान गरेको चर्चा गर्दै उनीहरुलाई चार जनाको परिवारको पालनपोषणका लागि न्यूनतम पारिश्रमिक उपलव्ध गराउन आफुले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो।
उहाँले मुलुकमा औद्योगिक उत्पादन वृद्धि गरि समृद्धि कायम गर्न मजदुरको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो ।
जीफन्टका केन्द्रीय अध्यक्ष श्रेष्ठले मजदूरको न्यूनतम पारिश्रमिक रु ३० हजार ४४३ मा हुनुपर्ने बताउनु भयो।
जिफन्टका प्रदेश अध्यक्ष किशोर धमला ,ट्रेड युनियन कांग्रेसका प्रदेश अध्यक्ष नारायणबाबु कार्की लगायत मजदुरको न्यूनियन पारिश्रमिक वृद्धि गरी सबै श्रमिकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षाको व्यवस्था अनिवार्य हुनुपर्नेमा जोड दिनुभयो ।
यस अघि समन्वय केन्द्रले संसारी माईस्थानमा निकालेको जुलुसले नगरको मुख्य मुख्य भागको परिक्रमा गरी महेन्द्र चोकमा कोण सभामा परिणत भएको थियो ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077