महानगरद्वारा एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीहरुलाई सम्मान

Logo
Nav Nepal शुक्रबार, आषाढ २७, २०८२

 

विराटनगर,२७ असार ः विराटनगर महानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा सर्वोत्तम नतिजा ४ जीपीए ल्याउने विद्यार्थी र विद्यालयलाई आज यहाँ सम्मान गरेको छ ।
महानगरपालिकद्वारा आज यहाँ आयोजित कार्यक्रममा महानगर क्षेत्रभित्र सञ्चालित सामुदायिक र संस्थागत विद्यालयबाट ४ जीपीए ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मान गरेको हो ।
यसरी ४ जीपीए ल्याएर सम्मानित हुने विद्यार्थीहरुमा बालकल्याण विद्या मन्दिर(विकेभिएम)का अभियान राजवंशी, गौरव झा, मौलिक ढकाल, नैतिककुमार पौद्दार, प्रिन्सा साह, श्रेहनराज साह, आदर्श माविका प्रिन्सकुमार गुप्ता, प्रियांश यादव, संयोग भट्टराई र श्रेया शर्मालाई सम्मान गरिएको छ।

त्यस्तै एभरेष्ट स्कुलकी कृति गोयल, प्रेम खतिवडा,पोखरिया माविकी रागिनी न्यौपाने, सगरमाथा विद्यालयका सुशोभित न्यौपाने, कान्तिपुर स्कूलका आयुषा कार्की र जेम्स स्कुलकी श्रीजी पोखरेललाई सम्मान गरिएको थियो ।
सो अवसरमा महानगरका प्रमुख नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेल, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत लगायतले विद्यार्थी,प्राचार्य एवं अभिभावकहरुलाई सम्मान गर्नुभएको थियो ।
नगरका सात वटा विद्यालयका १६ जना विद्यार्थीले ४ जीपीए ल्याएका थिए ।
महानगरका २५ सार्वजनिक र ७२ वटा संस्थागत गरी ९७ वटा विद्यालयका चार हजार ५२९ जना विद्यार्थीले एसईई दिएकामध्ये तीन हजार ६९० जना ८१ दशमलव ४७ प्रतिशत विद्यार्थी ग्रेडिङ (उत्तीर्ण) भएका छन् भने ८३९ जना भने ननग्रेडिङ भएका छन् ।

सम्मान कार्यक्रममा नगर प्रमख कोइराला, उपप्रमुख शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेल, शैक्षिक महाशाखाका अधिकृत कृष्ण भट्टराई, सुशील दाहाल, प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठ, आदर्श माविका प्रधानाध्यापक सन्तोष पोखरेल, सम्मानित विद्यार्थीहरुका तर्फबाट रागिनी न्यौपाने लगायतले आगामी दिनको सफलताका लागि शुभकामना दिनु भयो ।
महानगरले विगत तीन वर्षदेखि एसईईमा ४ जीपीए ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मान गर्दै आएको छ ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077