ग्रिनल्याण्ड कलेज विराटनगरमा ७५१ विद्यार्थीको स्वागत तथा अभिमुखीकरण

Logo
Nav Nepal मंगलबार, साउन ०७, २०८२

विराटनगर,६ साउन । विराटनगर ६ साउन । विराटनगरको ग्रिनल्याण्ड कलेजमा कक्षा ११ मा भर्ना भएका ७५१ विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम गरेको छ ।

कलेजद्वारा आज विराटनगरमा आयोजित कार्यक्रममा विज्ञान तथा व्यवस्थापन संकायमा नयाँ भर्ना भएका विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम गरेको हो ।

कलेजका प्राचार्य दिनेश दाहालले विद्यार्थीको नयाँ शैक्षिक यात्रा शुरु भएको बताउनुभयो । उहाँले विद्यार्थीले रोजेको विषय नै भविष्यको आधार बन्ने बताउनुभयो । ग्रिनल्याण्डमा दक्ष, अनुभवी शिक्षक भएकाले गुणस्तरीय र व्यवहारिक शिक्षा दिईने प्राचार्य दाहालको भनाई छ ।

ग्रिनल्याण्ड कलेजले शिक्षासँगै विद्यार्थीलाई सीप पनि सिकाउने बताउनुभयो ।
कलेजको दुई वर्षे अध्ययन सक्दा विद्यार्थीले अध्ययनसँगै सीप हाँसिल गर्ने उहाँको दावी छ ।

शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख जीवन गड्तौलाले सिकाईलाई प्रविधिसँग जोड्नुपर्ने बताउनुभयो ।
उहाँले विद्यार्थीले बहुसीप हासिल गर्न आवश्यक रहेकोमा जोड दिनु भयो ।
प्रमुख गडतौलाले एउटा मात्रै सीपले विद्यार्थी प्रतिष्पर्धी हुन नसक्ने बताउनु भयो ।


उहाँले विद्यार्थीको रुची अनुशारको शिक्षाका लागि अभिभावक तयार हुनुपर्ने बताउनुभयो ।
कलेजका सञ्चालक इश्वरीप्रसाद मिश्रले अध्यननलाई केन्द्रमा राखेर अघि बढ्न विद्यार्थीलाई आग्रह गर्नुभयो । केमिस्ट्री विभागका प्रमुख पवन साहले शिक्षासँगै सीप आवस्यक रहेको बताउनुभयो । कलेजले सीप र अनुसन्धानको काम शुरू गरेको उहाँले बताउनुभयो ।
दुई वर्षमा ए ग्रेडका विद्यार्थी कलेजले उत्पादन गर्ने उहाँले बताउनुभयो ।
कक्षा १२ की विद्यार्थी राधिका भट्टराईले परिश्रम गरे सफलता मिल्ने बताउनुभयो ।


स्वागत तथा अभिमुखीकरणमा ग्रिनल्यान्ड कलेज अध्यक्ष रविन्द्र घिमिरे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पिताम्वर लुइँटेल, कलेजका विभागीय प्रमुखहरु लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा विद्यार्थीले संस्कृति झल्कने नृत्य प्रस्तुत गरि नयाँ विद्यार्थीको स्वागत गरेका थिए ।–––

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077