समुदायका लागि चिकित्सक संस्थाले विराटनगरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

Logo
Nav Nepal बिहिबार, साउन ०९, २०८२

 

विराटनगर, ८ साउन ःसमुदायका लागि चिकित्सक संस्था काठमाण्डौँले विराटनगरमा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको छ।
संस्थाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यही साउन १० गते विराटनगरको महेन्द्र चोकमा संचालन हुने स्वास्थ्य शिविरमा प्रसुति तथा महिला रोग,हाडजोर्नी दन्त रोग, प्रयोगशाला परिक्षण आन्तरिक रोग लगायतका सेवा वरिष्ठ एवं दक्ष चिकित्सकहरुले प्रदान गर्नुहुने छ।
सर्वसाधारणलाई गुस्तरीय स्वास्थ्य सेवामा सजिलै पहुँच पु¥याउन शिविरको संचालन गरिएको संस्थाका अध्यक्ष डिल्ली हरिजनले जानकारी दिनु भयो ।
ग्रामीण तथा शहरी क्षेत्रका गरिव वर्गका लागि स्वास्थ्य परीक्षण, उपचार परामर्शको सुविधा दिनुका साथै पूर्व रोग निदान मार्फत रोगको प्रारम्भ अवस्था पत्ता लगाई उपचारमा सहयोग पु¥याउन शिविर संचालन गरिएको गोविन्द प्रसाद काफ्लेले बताउनु भयो ।
संस्थाले आगामी दिनमा यस प्रकारको शिविर तराई ,पहाड, तथा हिमाली क्षेत्रका दुर्गम स्थानमा गर्ने उद्देश्य रहेको कार्यक्रम संयोजक सन्जय कुमार विश्वासले जानकारी दिनुभयो ।
समुदाय प्रतिको उत्तरदायित्वलाई मनन गरि मुलुकका विभिन्न भागमा स्वास्थ्यप्रति सचेतना फैलाउन तथा शिविर सञ्चालन गर्ने उद्देश्यले संस्था गठन गरिएको सोही अवसरमा जानकारी गराइयो ।
शिविरमा एक हजार भन्दा ज्यादा नागरिकले सेवा प्राप्त गर्ने विश्वास गरिएको छ।–––

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077