वित्तीय अनुशासन कायम राख्न सहयोग पु¥याएको –लेखा समितिका सभापति पोखरेल

Logo
Nav Nepal शुक्रबार, साउन १०, २०८२

विराटनगर,९ साउन ः प्रतिनिधि सभा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले समितिले सार्वजनिक महत्वका विषयमा सुधार ल्याएको बताउनु भएको छ।
प्रेस चौतारी नेपाल, जिल्ला कार्यसमिति मोरङले आज विराटनगरमा आयोजना गरेको संवाद कार्यक्रममा उहाँले समितिले सार्वजनिक सरोकारका महत्वपूर्ण विषयमा निर्णय गरेर कार्यान्वयनमा ल्याएको जानकारी गराउनु भयो ।
मुलुकको वित्तीय अनुशासन कायम राख्न, करदाताको रकमको सदुपयोग गर्न र राज्यको सम्पत्तिको दुरुपयोग रोक्न समिति क्रियाशिल रहेको सभापति पोखरेलले दावी भयो ।
सार्वजनिक लेखा समितिले बेरुजु मात्र होइन, उच्च सार्वजनिक चासोका विषयमा पनि बहस र निर्णय गरेको उहाँले जानकारी गराउनु भयो ।
आईपीओ र धितोपत्र बजारमा ९०% नेटवर्थको ग्यारेन्टी जस्ता निर्णयले लगानीकर्ताको सुरक्षामा सहयोग गरेको सभापति पोखरेलले उल्लेख गर्नु भयो ।
विमा क्षेत्रमा कुईट विमा फिर्ता गराउने, प्रिमियममा पुँजी जारी गर्न रोक लगाउने र अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण गर्ने जस्ता निर्णयले यस क्षेत्रमा सुधार आएको सभापति पोखरेलले बताउनु भयो ।
सार्वजनिक लेखा समितिले सिमेन्ट, मल, दूध, फलामजस्ता अत्यावश्यक वस्तुको मूल्य अनुगमन, सिँचाइ र खानेपानी शुल्क सम्बन्धी निर्णय, राष्ट्रिय गौरवका आयोजनामा ढिलासुस्तीमाथि निर्देशन जस्ता विषयमा पनि निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।–––

 

 

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077